Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

Author Avatar साझा न्यूज 2nd November 2026 , 9:39 PM
जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

जापानका लागि नेपालको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइका क्रममा उठेका विषयलाई सम्मान गर्दै उनले राजदूत नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्।

थापाले सार्वजनिक गरेको वक्तव्यमा नियुक्तिका लागि कानुनी रूपमा कुनै बाधा नरहे पनि लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई सम्मान गर्दै आफूले ससम्मान नाम फिर्ता लिएको उल्लेख गरेका छन्।

‘कुनै पनि पदभन्दा राष्ट्रिय हित र नैतिक निष्ठा माथि हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले वक्तव्यमा भनेका छन्।

यस अवधिमा आफ्नो पक्षमा बोल्ने, लेख्ने तथा फोन र सन्देशमार्फत हौसला प्रदान गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्। शुभेच्छुकहरूको साथ र समर्थनले आफूलाई ठूलो आत्मबल मिलेको उनको भनाइ छ।

यसैबीच, आफूलाई अर्को देशको राजदूत बनाउने विषयमा आएका समाचारबारे पनि थापाले स्पष्ट पारेका छन्। त्यस्तो कुनै सहमति वा समझदारी नभएको उल्लेख गर्दै उनले जापानसँगको लामो अनुभव र सम्बन्धका आधारमा त्यहाँ नेपालको प्रतिनिधित्व गर्दै योगदान गर्न सक्ने विश्वाससहित उक्त पदका लागि आवेदन दिएको बताएका छन्।

‘जुनसुकै देशमा भए पनि राजदूत बन्नुपर्छ भन्ने मेरो चाहना होइन,’ उनले स्पष्ट पारेका छन्।

आफ्नो सिफारिसलाई विभिन्न व्यक्तित्वसँग जोडेर आएका समाचार तथा टिप्पणीप्रति पनि उनले ध्यानाकर्षण भएको जनाएका छन्। व्यक्तिगत सम्बन्धको अनुचित लाभ लिएर आफ्नो नाम सिफारिस भएको भन्ने आशयका समाचार तथा टिप्पणी पूर्णतः निराधार रहेको उनको दाबी छ।

थापाले देश र जनताको सेवा गर्ने माध्यम पद मात्रै नभएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल र जापानबीचको मित्रता र सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो निर्णयप्रति साथ, विश्वास र सद्भाव व्यक्त गर्ने सबैप्रति आभार प्रकट गर्दै उनले आगामी यात्रा पनि इमानदारी र नैतिक निष्ठाका साथ अघि बढाउने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

एक महिनाभित्रै सबै पालिकामा भूमि प्रशासन सेवा विस्तार गरिने

एक महिनाभित्रै सबै पालिकामा भूमि प्रशासन सेवा विस्तार गरिने

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

भर्खरै प्रकाशित

कपिलवस्तुमा रास्वपाको संगठन विस्तार तीव्र, सयभन्दा बढी नेता–कार्यकर्ता पार्टी प्रवेश

कपिलवस्तुमा रास्वपाको संगठन विस्तार तीव्र, सयभन्दा बढी नेता–कार्यकर्ता पार्टी प्रवेश

जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

एक महिनाभित्रै सबै पालिकामा भूमि प्रशासन सेवा विस्तार गरिने

एक महिनाभित्रै सबै पालिकामा भूमि प्रशासन सेवा विस्तार गरिने

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज