कपिलवस्तु १३ कार्तिक
सशस्त्र प्रहरीले छापा हानेर अबैधरुपमा घरमा लुकाई राखेको अनुदानको १ सय २४ बोरा डिएपी रासायनिक मल बरामद गरेको छ । बिहीवार दिउसो सुराकीका आधारमा जिल्लाको शुद्धोधन गाउपालिका १ अनहराट स्थित फुल चन्द्र यादबको घरमा राखिएको अवस्थामा सो मल बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताए ।
सशस्त्र प्रहरी बल २८ गण बाट सहायक प्रहरी निरीक्षक धनन्जय के.सी.को कमाण्डमा १९ जना खटिएको टोलीले यादवको घरमा छापा हानेको हो । बरादम मल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको केसीले बताए ।
सो मल यादवको घरमा कसरी पुग्यो र कुन कृषि सहकारीबाट गयो सो बिषयको अनुसंधान गरिनु पर्ने कृषकहरुले माग गरेका छन । सो मल कृषि सामग्री कम्पनीबाट कृषि सहकारीले पालिकाले तोकेको कोटा अनुसार लगेको थियो । तर कृषकका नाममा लगिएको सो मल कृषि सहकारीले बढी रकम लिई बेचेको कृषकहरु बताउछन ।
धान पछि अब सुरु हुने गहु खेतीका लागि डिएपी मल आवश्यक पर्छ । जिल्लामा पालिको सिफारिसको आधारमा कपिलवस्तुको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनील लिमिटेड र कृष्णनगरमा रहेको साल्ट ट्रेडिङले तोकिएको कोटाका आधारमा उपलब्ध गराउने गरेको छ ।
तर अनुदानको मल कृषि सहकारीबाट नै मलको दुरुपयोग हुने गरेको छ ।
















































