Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

क्यान्सर अस्पताल खजुरामा भिडियो एक्सरे सेवा बन्द, बिरामीलाई समस्या

Author Avatar साझा न्यूज 5th January 2026 , 12:58 PM
क्यान्सर अस्पताल खजुरामा भिडियो एक्सरे सेवा बन्द, बिरामीलाई समस्या

नेपालगन्ज, पुस २१ गते । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा गत दस दिनदेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ ।

दस दिन अघि अस्पतालका रेडियोलोजिस्ट डा. ठाकुर कोइरालाले राजीनामा दिएर काठमाडौँ फर्किएपछि अर्को रेडियोलोजिस्ट नपठाइएकाले भिडियो एक्सरे सेवा ठप्प भएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जनाएको छ ।

क्यान्सरको उपचारका लागि अति आवश्यक मानिने प्रारम्भिक परीक्षण भिडियो एक्सरेनै बन्द भएपछि सो अस्पतालमा आएका बिरामीहरुलाई समस्या परेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले बताउनुभयो ।

उहाँले एक्कासी अस्पतालका रेडियोलोजिस्ट डा. कोइरालाले राजीनामा दिएर गएपछि अर्को व्यवस्था गर्न नसकिएकाले बिरामीलाई सो सेवा प्रदान गर्न नसकिएको बताउनुभयो ।

यसअघि लामो समयसम्म पार्टटाइम ज्यालादारीमा सञ्चालन गरिएको भिडियो एक्सरे सेवा एक वर्षअघि डा. कोइराला आएपछि पूर्णरुपमा सञ्चालनमा आएको थियो । तर, अहिले उहाँले नै छोडेर गएपछि एक्सरे सेवा ठप्प भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा.पौडेलले तत्काल अर्का रेडियोलोजिस्ट पठाउन मन्त्रालयमा पटक पटक आग्रह गरेको जनाउँदै हालसम्म पनि नपठाइएकाले समस्या बढ्दै गएको बताउनुभयो ।

स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्न खोज्दा अस्पताल विकास समितिनै पूर्ण नभएको हुँदा सो बारे विज्ञापन गर्न नसकिएको अस्पतालले जनाएको छ ।

उता, सो अस्पतालमा विभिन्न जिल्लाबाट उपचारका लागि आउनुभएका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई भिडियो एक्सरे गराउन नेपालगन्ज जानुपर्ने बाध्यता भएकोले उहाँहरुलाई ठुलो समस्या भएको बिरामीले जनाउनुभएको छ ।

बर्दिया राजापुरबाट आउनु भएका एकजना बिरामीका आफन्त रमेश थारुले अस्पतालमा भिडियो एक्सेर नहुँदा बाध्य भएर नेपालगन्ज गइ मँहगो शुल्क तिरेर एक्सरे गएको गुनासो गर्नुभयो ।

सो अस्पतालमा दैनिक १५ देखि २० जनासम्म बिरामीको भिडियो एक्सरे हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा आउने बिरामी, उनका आफन्त तथा स्थानीयले समेत त्यहाँ तत्काल रेडियोलोजिस्टको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

यसअघि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्वास्थ्य सचिवबाट एक महिना भित्र मन्त्रालयबाट रेडियोलोजिस्ट पठाउने भनिए पनि करिव पाँच महिनापछि मात्र डा. कोइराला क्यान्सर अस्पतालमा आउनुभएको थियो ।

खजुरा क्यान्सर अस्पतालले लुम्बिनीसँगै कर्णाली र सुदूरपश्चिमसम्मका क्यान्सरका बिरामीहरुलाई सेवा दिँदै आएको छ । यसअघि भरतपुर काठमाडौँ र भारतको नयाँदिल्ल पुग्न बाध्य यस क्षेत्रका क्यान्सरका बिरामीहरुलाई यो अस्पताल सञ्चालनपछि निकै सहज बनेको छ ।

२०७२ सालमा सङ्घीय सरकारले स्थानीयबाट स्वामित्व ग्रहण गरेको सो अस्पतालमा हालसम्म पनि शून्य दरबन्दीमा सेवा प्रवाह हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज