Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’को उपाधि

Author Avatar साझा न्यूज 30th October 2026 , 1:27 PM
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’को उपाधि

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’को कार्यक्रममा उनलाई उक्त उपाधि दिन लागिएको हो ।

नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी सिंह बहुप्रतिभाशाली अभिनेत्रीका रूपमा परिचित छिन् । सन् १९९३मा तुलसी घिमिरे निर्देशित फिल्म दक्षिणाबाट अभिनय यात्रा सुरु गरेकी सिंहले रहर, मितज्यू, दर्पणछायाँ, आफन्त, आफ्नो मान्छे, ठुलदाई, बन्धकी, चाँदनी, को आफ्नो को विरानो, नाता रगतको, खानदान, दाल भात तरकारी र ३६ को आँकडालगायत दर्जनौँ फिल्ममा अभिनय मार्फत नेपाली फिल्म क्षेत्रमा विशेष स्थान बनाएकी छन् ।

अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक वंशको शीर्षगीतमा स्वर दिएकी छन् । उनले दीपशिखा नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।

नेपाली फिल्म क्षेत्रमा उनले पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै उनलाई मानार्थ ‘मिसेस नेपाल वल्र्ड २०२६’को उपाधिबाट सम्मान गर्न लागिएको आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए ।

यसअघि अभिनेत्रीहरु करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई मानार्थ मिसेस नेपाल वल्र्डबाट सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

भर्खरै प्रकाशित

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’को उपाधि

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’को उपाधि

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज