Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भेरी अस्पतालमा प्रसुति सेवामा चाप, उपचारमा समस्या

Author Avatar साझा न्यूज 9th January 2026 , 11:24 AM
भेरी अस्पतालमा प्रसुति सेवामा चाप, उपचारमा समस्या

नेपालगन्ज, पुस २५ गते । बाँके जिल्लाका दुई ठुला निजि अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समेत समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।

नेपालगन्जस्थित सन्जिविनी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम हटेपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवाको चाप अत्यधिक बढेको चिकित्सकहरूले बताएका छन् ।

बाँकेकै बिरामी धेरै भएको बेला बर्दियालगायत केही जिल्लामा पर्याप्त चिकित्सक नहुँदा पनि भेरी अस्पतालमै बिरामी आउने क्रम बढेको सो अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. उर्मिला पराजुलीले बताउनुभयो ।

उहाँले निजि अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि त्यहाँ प्रसूति गराउन निकै महँगो पर्ने भएकाले अधिकांशले भेरी अस्पतालनै रोज्ने गरेको हुँदा प्रसूति सेवामा बिरामीको चाप अत्यधिक बढेको बताउनुभयो ।

भेरी अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा अस्पतालले दुई हजार महिलालाई सुत्केरी सेवा दिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यो सङ्ख्या बढेर करिब चार हजार पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पहिले मासिक चार सय जनाले सुत्केरी सेवा लिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर सातदेखि नौ सयसम्म पुगेको जानकारी दिनुभयो ।

उहाँले प्रसूति सेवामा पहिलेदेखि नै चाप बढी रहेकोमा आमा सुरक्षा कार्यक्रमको सुविधाका लागि भेरी अस्पतालमाथि मात्रै भर पर्नुपर्ने बाध्यताका कारण थामिनसक्नु गरी भिड बढेको हुँदा सेवालाई व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो ।

अस्पतालले प्रसूति सेवा लिन आएका कसैलाई पनि फिर्ता नपठाउने नीति लिएकाले चाप बढेको बेला भुईँमै राखेर पनि सेवा दिनुपरेको डा. सुवेदीको भनाइ छ ।

एक सिफ्टमा दुई देखि तीन जनाले २० जनासम्म बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालको प्रसूति विभागले जनाएको छ । प्रसुति सेवातर्फका नर्सिङ इन्चार्ज शिला शर्माले अहिले प्रसुति वार्डमा १८ जना नर्सहरू रहेकोमा तीन सिफ््टमा बाड्दा एउटै नर्सले तीन देखि पाँचजनासम्म सुत्केरीलाई हेर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

भेरी अस्पतालको गुरुयोजनामा अलग्गै प्रसुति गृह बनाउने योजना छ । उक्त गृहको डीपीआर समेत बनिसकेको छ । तर, सरकारले बजेटको व्यवस्था नगर्दा सो योजना अलपत्र परेको छ ।

अस्पतालमा बढिरहेको सेवाग्राहीको चापलाई धान्न अस्पतालमा नयाँ प्रसुति गृह निर्माण गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हुने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।

अस्पतालमा प्रसूति सेवासँगै डायलासिस, आइसियु, एनआइसियु, मेडिकल, अर्थोपेडिक र इमर्जेन्सी वार्डमा पनि बिरामीको चाप बढ्दै गएको छ । कम जनशक्ति र सीमित स्रोतसाधनका बाबजुद पनि स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ । भेरी अस्पतालको बढ्दो बिरामीको चापले पश्चिम नेपालमा स्वास्थ्य सेवा विस्तार र स्रोतसाधन थप्नु अपरिहार्य बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज