Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

Author Avatar साझा न्यूज 19th January 2026 , 4:25 PM
कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

नवलपरासी कांग्रेसका प्रभावशाली नेताका रूपमा रहेका विक्रम खनाल रास्वपाबाट उम्मेदवार बनेका छन्। नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवारका लागि उनलाई रास्वपाले टिकट दिएको हो।

खनालले टिकट पाएको बारे रास्वपाका जिल्ला सभापति महेन्द्र ठकुरीले  पुष्टि गरे। उनले आफ्नो फेसबुक पेजमा समेत टिकट पुष्टि गर्दै लेखेका छन्,‘माननीय विक्रम खनाल दाइलाई घण्टी बाहक उम्मेदवार भएकोमा बधाई तथा शुभकामना। खनाल दाइको टिकटबारे निर्णय भइसकेको छ। क्षेत्र नम्बर २ मा भने बाँकी रहेको छ। दुई जनाको प्रतिस्पर्धाले ढिला भएको हो, केही समयमा टुङ्गिन्छ ।’

संविधान सभा सदस्यसमेत रहेका खनाल नवलपरासी नेपाली कांग्रेसका प्रभावशाली नेताका रूपमा रहेका थिए। कांग्रेसको संस्थापन र इतरपक्षको दुई गुटको राजनीतिमा जिल्लामा देबेन्द्रराज कँडेल र खनाल गुटले संगठन चलाउँदै आएका थिए। पछिल्लो समय खनाल कँडेलसँग मिलेपछि दुवै पक्षका नेताले छुट्टै गुट ९गगन गुट० समेत घोषणा गरेका छन्। खनाल शेखर कोइराला पक्षका नेता थिए। कँडेल देउवा पक्षका नेता हुनु।

विशेष महाधिवेशनअघि महाधिवेशनको विपक्षमा रहेका कँडेलले कांग्रेसको आधिकारिकतापछि गगन थापा नेतृत्वलाई समर्थन गरेका छन्। निर्वाचन क्षेत्र नम्बर १ बाट यसअघि निर्वाचित भएका सांसद विनोद चौधरीसमेत गगन गुटमा खुलिसकेकाले आफूले टिकट नपाउनेमा ढुक्क भएका खनालले रास्वपाबाट टिकट लिएको बताइएको छ। खनालले २०७९ को निर्वाचनमा टिकट नपाएपछि चौधरीलाई हराउन लागेको आरोप लाग्दै आएको थियो। कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रीसमेत रहेका खनाललाई सोही आरोपमा गरिएको कारबाही केही दिनअघि फुकुवा भएको थियो।

खनाल २०७० सालको संविधान सभामा कांग्रेसबाट विजयी भएका हुन्। उनलाई २०७४ सालमा निर्वाचन क्षेत्र नम्बर १‘क’ बाट पार्टीले प्रदेश सभा सदस्यमा उम्मेदवार बनाए पनि पराजित भएका थिए ।

रास्वपाबाट टिकट पाएको बारेमा नेता विक्रम खनालले टिकट हातमा आइनसकेको बताए। ‘टिकट हातमा आइसकेको छैन। नआई के भन्नुरु आएपछि थाहा भइहाल्छ,’ खनालले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

भर्खरै प्रकाशित

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज