Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सोनिया भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरिन्

Author Avatar साझा न्यूज 27th June 2021 , 7:57 PM
सोनिया भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरिन्

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । यससँगै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागी हुने भएता पनि सुटिङ, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने छ ।

सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए । उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको बताए ।

नेपाल पुलिसमा आवद्ध सोनिया हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदकी कास्यपदक विजेता खेलाडी हुन् । सोनियाले २०१९ मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेट तर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।

२०१९ मा मोरोक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौँ खेलाडी भएकी छन् । यसअघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा ऋषिराम प्रधान र गंगाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए । यस्तै चाइनाको बेइजिङ ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज