Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

Author Avatar साझा न्यूज 27th June 2021 , 8:16 PM
कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाइने तयारी गरिएको छ ।

जिल्लास्तरका कार्यक्रमसमेत सरकारी फार्ममा मनाउन निर्देशन गरिएको कृषि विभागले जनाएको छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको यसपटकको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रम गरिने छैन ।
“यसपाली महोत्सव कै लागि मापदण्ड तय गरिएको छ”, विभागका निमित्त महानिर्देशक जानुका पण्डितले भन्नुभयो, “सकेसम्म मानिस कम सहभागि गराएर धान दिवस मनाइन्छ ।” केन्द्रीयस्तरमा भने यसपाली कृषि अनुसन्धान परिषद्को खुमलटारस्थित फार्ममा मनाइने उहाँले जानकारी दिनुभयो । धान दिवसको महत्व जोगाउन, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिन आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइने कृषि विभागले जनाएको छ ।

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउन सक्ने सम्भावना रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गर्नुपर्ने निष्कर्ष कृषि तथा पशुपक्षी मन्त्रालयको छ । त्यसैले कोभिडका समयमा जारी गरिएको निषेधाज्ञाबीच सरकारले कृषि कर्मलाई चलायमान गराउन सहजीकरण गर्दै आइरहेको छ । कृषि मन्त्री वशन्तकुमार नेम्वाङकै उपस्थितिमा स्वास्थ्य मापदण्डण्को पूर्ण पालना गरी असार १५ मा दिवस मनाइने कृषि विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले मन्त्रालयले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार जमिनको सुरक्षा, शुद्ध बीउ, सिचाइं कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष पूरा गर्नतर्फ मन्त्रालय अग्रसर भएको छ ।

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ । विभिन्न कारण आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

दिवस बनाउन मापदण्ड बनाइयो    

दिवस मनाउने सन्दर्भमा कृषि विभागले आवश्यक मापदण्ड समेत तय गरेको छ । जसअनुसार नेपाल सरकारले तोकेका सबै मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ । कार्यक्रममा न्यूनतम दुई मिटरको सामाजिक (भौतिक) दूरी कायम हुने गरी साना समुहमा रोपाइँ महोत्सव आयोजना गरिने मापदण्डमा उल्लेख छ । कार्यस्थलमा उपयोग भएका फर्निचरलगायत अन्य सामग्री निसङ्क्रमण गरिनेछ । प्रदेश तथा स्थानीयस्तरमा धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदा संयुक्त रूपमा सम्भव भएसम्म सरकारी फार्म केन्द्रमा आयोजना गरिने जनाइएको छ ।

महोत्सव प्रवेश विन्दुमा सकेसम्म तापक्रम तथा अन्य लक्षणको पूर्व परीक्षण गर्ने, १०० डिग्रीमाथि ज्वरो आएमा कार्यक्रमस्थलमा प्रवेश रोक लगाउने, रोपाइँ खेतमा पनि ससाना समूहमा पर्याप्त दूरी कायम गरी सहभागि हुने, अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) गतिविधि नगर्ने मापदण्डमा उल्लेख छ ।

दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन भनिउको छ । कार्यक्रममा थोरै मानिस संलग्न गराउने, राम्ररी साबुन पानीले हात धुने र सेनिटाइजसको प्रयोग तथा मनत्रालयबाट जारी भएका सबै मापदण्ड पालना गरी कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज