Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी : स्वास्थ्यराज्मन्त्री श्रेष्ठ

Author Avatar साझा न्यूज 30th August 2021 , 3:33 PM

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिइ ।

उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बबताए । राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे । उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए ।

“यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उनले भने, “अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न प¥यो । हामी उपलब्ध गराउन तयार छौ ।” उनले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राखेका थिए।

उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए ।अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।

उनले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताए कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने बताए । उनले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताए ।

अस्पतालका निर्देशक डा सङ्गीताकौसल मिश्राले अस्पतालमा थप २०० शय्या थप गर्न गइरहेको जानकारी दिए । उनले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने पनि जानकारी दिएका छन् । विसं २०१६ भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन ४० शय्याबाट शुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शय्या रहेका छन् । अस्पतालले कोभिड–१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज