Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २४ भदौ २०७८ बिहीबार

Author Avatar साझा न्यूज 9th September 2021 , 11:06 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ साउन २०७८ सोमबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र २४ गते बिहीबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर ९ तारिख भाद्र शुक्लपक्षको तृतीया तिथि हस्ता नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः१४ मा हुनेछ । हरितालिका ब्रत (तीज) ।

आजको राशिफल

मेष – मनोदशा दुविधाग्रस्त रहेपनि समय शुभ र समृद्धिवर्द्धक छ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान महत्व र सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तसुख बढ्नेछ । घरपरिवारको स्थिति अनुकूलै रहला ।

बृष – प्रेममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मान महत्व धन–सम्पत्ति सुख–समृद्धिमा वृद्धि हुनेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न भइहाल्नेछ ।

कर्कट – ग्रहगोचर मिश्रित फलदायक छ । अन्नधनमा कमी आउने छैन । कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । जोखिममा नपर्नु उचित हुनेछ ।

सिंह – दिन शुभ र सफलताकारक छ । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नियम कानुन अनुकुल रहला । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा यश मिल्नेछ । व्यस्तता जारी रहनेछ ।

कन्या – समय शुभ र भाग्यवर्द्धक छ । परिश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको साथ–सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । यात्रामा ध्यान राख्नुपर्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । आलस्य नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोद हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिका समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनु हुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयपथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ३०० मा कोरोना संक्रमण, १२४ जना निको

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज