Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तीजमा मौलिकता हराउदै पश्चिमेली सभ्यता भित्रदै

Author Avatar साझा न्यूज 9th September 2021 , 11:53 AM
तीजमा मौलिकता हराउदै पश्चिमेली सभ्यता भित्रदै

–बबिता गिरी

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । तीजका दिन विहानै महिलाहरु स्नानगरी आफ्नो श्रीमानको लामो आयुको कामना गरि भगवान शिवको पुजा आराधना गरी उपवास बस्ने गर्दछन ।

चार दिन सम्म मनाईने यो चार्डमा संसारभरमा रहेका शिव मन्दिरहरुमा पुजा गर्नको लागी रातो सारीमा सजिएका महिलाहरुको घुइचो लाग्ने गर्दछ ।

तिजको दिन भन्दा अघिल्लो दिनलाई दरखाने दिनको रुपमा मनाईने गरिन्छ । विवाह भएर गएका चेलीबेटीहरुलाई तीज मौकामा माईतीले माईतीघरमा बोलाई मिठा मिठा परिकारहरु खीर,अचार, ढकने,सेलरोटी,थरीथरीका तरकारी वा घिउमा बनाएको खाजा बनाएर खुवाउने गरिन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन रहेको छ । भोलिपल्ट व्रत वस्नु पर्ने भएकोले पनि दरखाने चलन चल्दै आएको छ ।

तीजको दिन महिलाहरु आ–आफ्नो स्वास्थ्य अवस्था अनुसार कोहि निराहार उपवास बस्छन् भने कोहि निरजल पनि उपवास बस्ने गरेको पाईन्छ । प्राय: माता पार्वतीले भगवान शिवजीलाई वरका रुपमा पाउनको लागी तीजको व्रत बसेपछि तीजको चलन चलेको धार्मिक विश्वास रही आएको छ । महिला मात्रै होईन केही समय यता पुरुषहरु पनि व्रत बसेको पाईन्छ भने अविवाहित युवतीहरु पनि योग्य वर पाउने आशामा व्रत वस्ने वर्तालु बताउछन् ।

त्यस दिन दिनभर र बेलुकी पख घर टोल छिमेकका महिलाहरु भेला भई तीजका गितहरु गाएने र नाच्ने गर्दछन् । भगवान शिवको पुजा आरधना गरी श्रीमानको खुट्टाको जल खाएर व्रर्त सम्पन्न गर्ने चलन रहेको छ ।

तीजलाई मलिाहरुको महान चार्ड मान्नुको पछाडी धार्मिक कुरा त जोडीएको छदै छ, यसमा महिलाहरुका हर्ष विलासका कहानीहरुले यसलाई अझ महत्वपूर्ण बनाएको पाइन्छ ।

हरेक वर्ष सुख दुखको कहानी घर परिवार दिदि बहिनी साथी संगीहरुको सामिप्यतामा बोकेर आउने तीज केही वर्ष यता नयाँ अनि महंगा कपडा, अति खर्चिला मिठा परिकार र डिजाईन डिजाईनका गरगहनाले झलमल भएर त भन्दा म के कम भन्दै तिज मनाईन थालेको छ ।

के तीज महंगा कपडा र गहना प्रदर्शन गर्ने पर्व होर ? परिर्वतनका नाम मौलिकता हराएर पश्चिमेली सभ्यता भित्रिदै छ । बजारमा तिजका गितका नाममा रत्यौली जस्ता विकृति फैलाउने गितहरु छ्याप छ्यापी निस्किरहेका छन् । जुन एक परिवार संगै बसेर हेर्ने लाएक छैन्न । यति सम्बेदनशीलता बोकेको हिन्दु नारीहरुको महान चार्ड तिजको परिचय कस्तो पाउलान अव आउने पिडिले ।

हाम्री आमाले भोगेको मनाएको तीज र आज भोलिका दिनमा मैले अथवा हामिले मनाएको तीजमा निकै फरक रहेको छ माईतीको आगनी टेक्नका लागी, वाबुआमा भेट्नको लागी, अनि सबै पिर भुलि माईतीमा थोरै थकाई मेट्नको लागी हाम्री आमा तिज पर्खनु हुन्थयो ।

आमा भन्नु हुन्छ, दिनभरि खेतमा धान रोपेर साझ छिटो छिटो खाना पकाई खाईवरि राती तीजको रमाईलो हेर्न गइन्थ्यो र पो तीज आएझै लाग्थ्यौ । दिदि बहिनीहरु बसि आफ्ना जिवनका दुखःसुखलाई गित बनाएर गाईन्थ्यो र पो तीज आए झै लाग्थ्यो। अझ बर्ष दिनै पुगेपछि एकसरो चोला र धोति फेरिन्थ्यो र पो त तिज आए झै लाग्थ्यो । आमा भन्नु हुन्छ, हाम्रो पालामा ४/५ वटा मादल बजाइन्थ्यो सबैले मिलेर गाइन्थ्यो नाचिन्थ्यो, जब जब जोर मादल बज्न थाल्थ्यो वारी डाँडा पारी डाँडा सुनिन्थ्यो । अहिले त मादल बजाउन जान्नेले बजाउने मौका पाउदैन पाउनेले जान्दैनन् ।

पुराना शैलीका तीजका भाकाहरु दबिदै छन् मौलिकता हुन त समय अनुसार हरेक कुराहरु बद्लिनु पर्छ परिवर्तन राम्रो कुरा आफ्नो संस्कृतलाई नै बिर्सिनु राम्रो कुरा चाहि पक्कै होईन, सभ्यता र संस्कृति हाम्रो पहिचान हो सम्पति हो खै त यसको संरक्षण भएको पहिले तीजमा दुखःसुख मनका पिडा साटिन्थयो अहिले तिजमा मान्छेहरु मान्छेको हैसिएत,कपडा र गहना दाजिन्छ ।

आमाका पालामा तीजका लागी भनेर आफु माइतिबाट आउदा सम्मलाई पुग्ने गरी गाइभैसीँ बाख्रालाई घाँस काटेर जानु हुन्थ्यो अरे । त्यती गर्दा पनि घरबाट पठाउँने हो होईन भन्ने पत्तो हुदैनथ्यो तर हाम्री आमा तीजमा लगाउनलाई भनेर पोहोरकै सारी र विवाह हुदाको सालको छिनेको पोते उनेर तीजको तयारी गर्नु हुन्थ्यो अरे । अभाव मै पनि त खुसि हुन सकिदो रैछ, आफू संग जे जति छ तेसैमा रमाउ चार्डवाडले त खुसि बोकेर आउने हो। कोभिडको समय छ सुरक्षित रहौँ मिलेर तीज मनाऔ।-साझा न्यूज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज