Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने प्रचण्डको चेतावनी

Author Avatar साझा न्यूज 10th October 2021 , 7:16 AM
ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने प्रचण्डको चेतावनी

परासी : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन्।

आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको  दाबी गर्दै प्रचण्डले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका हुन्।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न शनिबार उनी पुगेका थिए । उनले भने, ‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो। २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिंदै छ। अब पनि  चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताउँदै भने, ‘मधेसी जनता मेरा प्रेमिका हुन्। कहिले काहीं भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्। तर म निरन्तर तपाईंहरुकै अधिकारका लागि लडिरहेको छु।’

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए। उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्लातहमा आयोग गठन गरेर चुनाव अघि पूर्जा वितरण गर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएका र प्रदेश सरकारले कृषिलाई महत्व दिएर बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरे।

छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज