Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साफ फाइनलमा नेपाल र भारत आमनेसामने : नेपाललाई इतिहास रच्ने मौका

Author Avatar साझा न्यूज 16th October 2021 , 6:30 PM
साफ फाइनलमा नेपाल र भारत आमनेसामने : नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं। माल्दिभ्सको राजधानी मालेमा भइरहेको दक्षिण एसियाली साफ फुटबल प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । साफ फुटबल प्रतियोगितामा पहिलो पटक नेपाल फाइनल खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ । फिफा फुटबल वरियतामा भारत १०५ स्थानमा छ भने नेपाल १७१ स्थानमा छ ।

अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसको विपरित नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसपटक भने नेपाल टोली फाइनल पुग्न सफल भएको छ ।

भारतबाहेक माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक जितेका थिए । अफगानिस्तान सन् २०१५ पछि साफ च्याम्पियनसिपबाट बाहिरिसकेको छ । नेपालसँगै पाकिस्तान र भुटानले मात्र अहिले सम्म साफ च्याम्पियनसिप जितेको छैन । साफ च्याम्पियनसिपमा कमजोर इतिहास भएको नेपाल र सर्वाधिक सफल भारतबीच माल्दिभ्समा जारी १३ औं संस्करणको फाइनलमा भिड्दैछन् ।

नेपालले भारतसँग अहिलेसम्म २२ वटा खेलहरूमा प्रतिस्पर्धा गरिसकेकाे छ । १५ खेलमा हार, पाँचमा बराबरी खेलेकाे नेपालले भारतसँग दुईवटा खेलमा मात्र विजयी भएकाे इतिहास छ ।

बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

भारतले चार खेलबाट आठ अंकसहित पहिलो र नेपालले सात अंकसहित दोश्रो भएर फाइनलमा प्रवेश पाएको हो । पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासँग समान एक एक अंक बाँडेको भारतले नेपाललाई एक गोल गरेर तीन अंक जोडेको थियो । अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै तीन अंकसहित आठ अंक प्राप्त गर्न सफल भएको हो ।

नेपालले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई उसैको घरेलु मैदानमा एक गोल गरेर तीन अंक र अर्काे खेलमा श्रीलंकालाई दुईका विरुद्ध तीन गोल गरेर छ अंक जोडेको थियो । भारतसँग भएको तेश्रो खेलमा एक गोल खाँदै अंक विहीन हुन पुगेको थियो ।

बुधबार भएको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो । तर नेपाल बंगलादेशसँग भएको चौथौं खेलमा पहिलो हाफमै गोल खाएपछि दबाबमा परेको थियो । दोश्रो हाफमा खेलको ७६ औं मिनेटमा बंगलादेशी गोलकिपरलाई राता कार्ड दिएपछि १० जनामा सिमित बंगलादेश दबाबमा रहेको थियो । अन्ततः खेलको ८७ औं मिनेटमा पाएको पेनाल्टीमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । खेल बराबरीसँग नेपालको समूह चरणमा सात अकंसहित फाइनलमा प्रवेश पाएको हो ।

यस प्रतियोगितामा पाकिस्तान र भूटानले भाग नलिएपछि राउन रोबिन्सको आधारमा खेल खेलाइएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज