Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुल्मी आएर ज्ञावलीले भने – प्रचण्ड अस्थिरताको खेलाडी हुन्

Author Avatar साझा न्यूज 26th October 2021 , 4:00 PM
गुल्मी आएर ज्ञावलीले भने – प्रचण्ड अस्थिरताको खेलाडी हुन्

गुल्मी – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् ।

एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाए । ‘प्रचण्डले जनताको रगत र शरीरमा रहेका छर्रा बिर्सेर सत्ताको लागि जे पनि गर्छन् । अहिले कांग्रेसको पाहुना बनेका छन्,’ उनले भने, ‘अपवित्र गठबन्धप्रति जनताको केही आश छैन ।’

त्यस्तै उनले एमालेको भोट लगेर कांग्रेसलाई चढाउने माधव नेपालसहितका नेताको कारण पार्टीको आन्तरिक जीवनमा केही असहजता आएपछि आफूहरु प्रतिपक्षमा बसेर पनि जनताकै पक्षमा काम गरिरहेको बताए ।

उनले उच्चस्तरीय सम्झादारीसहितको सर्वसम्मत कमिटी चयन गर्न शुभकामना व्यक्त गरे । अहिले दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाबाटसमेत घेराबन्दीमा परेकाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

देशमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने पार्टी एमाले भएको दाबी गर्दै उनले विधान महाधिवेशनसहित देशभर वडा र पालिकाको अधिवेशन एकै साथ सम्पन्न गरिरहेको बताए ।

उनले आज नै मुसिकोट नगरकमिटीको अधिवेशन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गुल्मीका १० गाउँकमिटी र २ नगरकमिटीको प्रथम अधिवेश एकैसाथ सुरु भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज