Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चैत्र मसान्तभित्र सबै नेपालीलाई खोप लगाइसक्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

Author Avatar साझा न्यूज 28th October 2021 , 2:53 PM
चैत्र मसान्तभित्र सबै नेपालीलाई खोप लगाइसक्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र मातहतका सबै सम्बन्धित निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

यस्तै बैठकमा कोरोना महामारीको अवस्था, चाडवाडको बेला बढ्न सक्ने सङ्क्रमणलगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुल जनसङ्ख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ । त्यस्तै मन्त्रालयले कोरोना खोप खरिदका बारेमा पनि बैठकमा जानकारी गराएको थियो।

अमेरिकाबाट एक लाख डोज फाइजर खोप नेपाल आइसकेको छ। अमेरिकाबाटै ४० लाख मोडर्ना ,थप ४० लाख फाइजर र चीनबाट ४० लाख भेरासेल खोप आउन पाइपलाइनमा रहेको जानकारी स्वास्थ्य मन्त्रालयले गराएको छ। माल्दिभ्स,क्यानडालगायतका मुलुकबाट पनि नेपालमा कोरोना खोप आउने सरकारको भनाई छ।

देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा बैठकमा गरेको पहिलो सम्बोधनमा चैत्रभित्र सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज