काठमाडौ । पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार १० हजार २८७ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट ४२२ र एन्टिजेनबाट ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ५५५ जना संक्रमण निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । मंगलवार सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको जनाइएको छ । कोरोनाले थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ४२७ पुगेको मन्त्रालयले जनाएको छ ।















































