Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु अनेरास्ववियूले बाड्यो विद्यार्थी नेताहरुको जिम्मेवारी

Author Avatar साझा न्यूज 5th November 2021 , 2:34 PM
कपिलवस्तु अनेरास्ववियूले बाड्यो विद्यार्थी नेताहरुको जिम्मेवारी

नेकपा (एस) निकट अनेरास्ववियू कपिलवस्तुले विद्यार्थी नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । कार्तिक १३ गते बसेको जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको अनेरास्ववियू कपिलवस्तुले जनाएको छ ।

अनेरास्ववियूले जिल्लामा ९ सदस्यिय सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष दिपक अनुरागी, उपाध्यक्ष सम्झना चौधरी, सचिव रामप्रसाद पौडेल, सह सचिव गीता रेग्मी, कोषाध्यक्ष कमल बेल्वासे, सदस्यहरुमा शतिससिंह पाल, इन्द्रमणी खनाल, सविता पाण्डे, दीपेन्द्र अर्याल रहनुभएको छ । सचिवालय सदस्यको संख्या अझ बढ्ने भन्दै तत्काल काम गर्न सहज होस् भनेर सानो आकारको सचिवालय गठन गरेको अनेरास्ववियूका जिल्ला सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले विभिन्न नेताहरुको कार्यविभाजन पनि गरेको छ । तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. १ मा जिल्ला सचिव पौडेल, क्षेत्र नं. २ मा कोषाध्यक्ष कमल बेल्वासे र क्षेत्र नं. ३ मा उपाध्यक्ष सम्झना चौधरीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

बैठकले आगामी मंसिर महिना भित्र हरेक क्याम्पसका सम्मेलन सम्पन्न गर्ने र सोही अवधिमा क्याम्पसमा अनेरास्ववियूको बोर्ड राख्ने निर्णय गरेको जिल्ला कोषाध्यक्ष बेल्वासेले जानकारी दिनुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज क्षेत्रबहादुर खत्री, कपिलवस्तु पार्टी अध्यक्ष लंका बहादुर हमाल, अनेरास्ववियू केन्द्रीय कमिटी सचिव नारायण शर्मा, लुम्बिनी प्रदेश कमिटी सदस्य लिला खनाल, पार्टी जिल्ला उपाध्यक्ष दोय गीता अन्जान, नेत्रलाल खनाल लगायतले बोल्दै विद्यार्थीको हक अधिकारको लागि दत्तचित्त भएर काममा लाग्न निर्देशन दिनुभएको थियो ।

बैठकमा बोल्दै जिल्ला अध्यक्ष अनुरागीले विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्ववियूको विरासतलाई उचो बनाउँदै विद्यार्थीको पक्षमा निरन्तर काम गर्नेृ बताउनुभएको थियो । कोभिड-१९ को मारमा समग्र विद्यार्थी परेको भन्दै अनलाइनको बहनामा उठाइएको शुल्कका विषयमा संगठनले संघर्ष गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज