नेपालमा सोमबार थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र सोमबार थप १५२ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौंका ११७, ललितपुरका २० तथा भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ।
सोमबार ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने देशभर ७ हजार ६५४ सक्रिय संक्रमित रहेका छन् ।















































