साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु कांग्रेसले चिन्नै पर्ने शहिद पुत्र युवा अनिल घिमिरे । जसले माओवादी शशस्त्र द्धन्दका बेला आफ्ना पिता गुमाए । परिवार सवै टुहुरो भयो । एउटा पिताको हत्याको शोक र वेदना अझै पनि घिमिरे परिवारमा छदै नै छ । यस्ता शहिद पुत्रलाई नेपाली कांगे्रस कपिलवस्तुको कुनै पदमा सर्वसम्मत ढंगबाट चयन गर्नु पर्नेमा नेपाली कांग्रेसका नेतृत्व चुकेको छ ।
शशस्त्र द्धन्दका बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको वीरपुरमा घर नजिकै स्थानीय कांग्रेस नेता बालकृष्ण घिमिरेलाई माओवादी कार्यकर्ताहले हत्या गरेका थिए । तिनै स्वर्गीय बालकृष्ण घिमिरेका छोरा युवा नेता अनिल घिमिरेले बाबुले आफ्नो ज्यानको आहुति दिएको पार्टीको मोह त्याग्न नसकी निरन्तर पार्टी संगठनमा सक्रिय रहदै आएका छन् ।
शहिद परिवारको संझना गर्ने, संरक्षण गर्ने परिपार्टी विर्सदै जांदा यस्ता परिवारमा नेपाली कांग्रेस प्रतिको वितृष्णा जाग्न सक्छ । स्वर्गीय शहिदहरुले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतन्त्रको रक्षाका लागि गरेको बलिदानको कुनै मुल्य रहदैन ।
शहिद परिवारलाई आरक्षित कोटा नै उपलब्ध गराएर नेपाली कांग्रेसको पार्टी संगठनमा संलग्न गराउनु पर्ने निति कांग्रेसले ल्याउन सकेन । यस्तो अवस्थामा जिल्ला नेतृत्वले जिल्ला तहमै भए पनि सर्वसम्मत ढंगबाट शहिद परिवारका सदस्यहरुलाई मनोनयन गर्नु पर्नेमा जिल्ला नेतृत्वबाट ठुलो चुक भएको कांग्रेसी कार्यकर्तामा गुनासो बढेको छ ।
युवा नेता घिमिरेलाई यस अघि सम्पन्न महाअधिवेशन प्रतिनिधीमा हराईएको छ । आज हुने जिल्ला सभापति लगायतको पदको निर्वाचनमा युवा नेता घिमिरेले जिल्ला सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
कुनै पनि गुट तथा उपगुटलाई नहेरी सहिद परिवारको सम्मानका लागि भए पनि युवा नेता घिमिरेलाई निर्वाचित गर्नु पर्ने नेता सुधाकर पाण्डेयले बताए । तत्कालीन अवस्थामा स्वर्गीय बालकृष्ण घिमिरेको पार्टी संगठन विस्ताका काममा ठुलो सहयोग थियो, नेता पाण्डेयले भने, “बालकृष्ण जी कांग्रेस भएकै कारणले माओवादीको शिकार हुनु भयो । उहांको निर्मम हत्या गरियो ।” शहिद परिवारको संझना र उच्च सम्मानका लागि भए पनि युवा नेता अनिल घिमिरेलाई जिल्ला सदस्य पदमा निर्वाचित गर्न आम क्षेत्रीय प्रतिनिधी तथा मतदाताहरुमा नेता सुधाकर पाण्डेयले आग्रह गरेका छन् ।
सबैको सहयोगबाट आफुले यस पटक जिल्ला सदस्यमा विजयी हुने पूर्ण आशा लिएको युवा नेता घिमिरेले बताए ।
















































