चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशन लम्बिएको छ । निर्वाचनसँग सम्बन्धित प्रक्रियाका कारण महाधिवेशन निर्धारित समयभन्दा बढी लम्बिएको हो ।
आइतबार सम्पन्न भैसक्नुपर्ने निर्वाचन प्रक्रिया पुरा हुन नसक्दा आजका लागि सरेको छ । निर्वाचनका बाँकी प्रक्रिया आज बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आइतबार राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
आयोगले कार्यतालिका संशोधन पनि गरेको छ । आज राति ९ बजेबाट मतदान भई भोली विहान ३ बजेसम्म जारी रहनेछ ।
निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आइतबार मनोनयन दर्ता गराउन सकेनन् । रावलले आज मनोनयन दर्ता गराउनुपर्नेछ ।
















































