Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बागलुङ कांग्रेस सभापतिमा शेरचन विजयी

Author Avatar साझा न्यूज 30th November 2021 , 12:14 PM
बागलुङ कांग्रेस सभापतिमा शेरचन विजयी

कांग्रेस जिल्ला अधिवेशनबाट जितबहादुर शेरचन सभापतिमा निर्वाचित भएका छन् । गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट कृष्णप्रसाद सिटौला समूहका शेरचन विजयी भएका हुन् । शेरचनले प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायलाई १ सय ५ मतले हराएका हुन् । बागलुङमा १ हजार ६ सय ४९ खसेको थियो । यसअघि जगदीशचन्द्र उपाध्यायले ७ सय ९०, जित शेरचनले ६ सय ८६ र अर्का उमेदवार द्रोण कुँवरले १ सय ६४ मत पाएका थिए।

खसेको मतको ५१ प्रतिशत नपुगेपछि पुन: मतदान भएको थियो । पदाधिकारीमा उपसभापतितर्फ शेरचन प्यानलका सागर छन्त्याल र उपाध्यायका तारानाथ पौडेल विजयी भए । सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन समूहकी गण्डकी थापा अधिकारी, तथा सहसचिवमा शेरचन प्यानलकै फमबहादुर खत्री र उपाध्याय प्यानलका ज्ञानकुमारी श्रीष विजयी भए । विजयी सभापति शेरचन ताहाचल क्याम्पसका पूर्व स्ववियू सभापति हुन् भने उपाध्याय कांग्रेसका पूर्व उपसभापति र गत अधिवेशनमा निर्वतमान सभापति दिपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।

सदस्य पदमा भने दुवै समूहका सदस्य विजयी भए । उपाध्याय रामचन्द्र पौडेल पक्षका हुन् भने शेरचन कृष्ण सिटौला समूहका हुन् । उनलाई देउवा समूहको पनि समर्थन थियो । यसअघि भएका क्षेत्रीय अधिवेशनमा भने क्षेत्र नं १ मा पौडेल र क्षेत्र नं २ मा संस्थापनका पदाधिकारीहरु विजयी भएका छन् । प्रदेश क्षेत्रतर्फ भने बागलुङ क्षेत्र नं १ को ‘क’ मा देउवा र अन्य तीनवटा क्षेत्रमा पौडेल समूहका सभापति र पदाधिकारी विजयी भएका थिए । महाधिवेशन प्रतिनिधितर्फ जिल्लाबाट निर्वाचित ५० जनामध्ये ३२ जना पौडेल समूहका विजयी भएका छन् भने बाँकी देउवा सिटौला समूहका विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज