Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रचण्डले बिक्री गरे बङ्गला, छोरीले गरिन् ‘मध्यस्थ’को भूमिका

Author Avatar साझा न्यूज 2nd December 2021 , 6:45 AM
प्रचण्डले बिक्री गरे बङ्गला, छोरीले गरिन् ‘मध्यस्थ’को भूमिका

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्काको नाममा लुकाएर राखेको लाजिम्पाटस्थित आफ्नो बङ्गला बिक्री गर्नुभएको छ । विख्यात व्यवसायी अजय सुमार्गीकी अति नकटतम् नातेदारको नाममा रहेको एकचालिस आना क्षेत्रफलमा बनेको उक्त बङ्लालाई केही वर्षअघि प्रचण्डले स्थायी बसोबास बनाउने निधो गर्नुभएको थियो । तर, त्यस बङ्लामा बस्न थालेपछि सबभन्दा ठूलो पार्टीको हैसियत गुमाएर (२०७० मा) तेस्रो पार्टी बनेको, छोराको सन्देहास्पद मृत्यु भएको र, पत्नी सीताको स्वास्थ्यस्थिति समेत नाजुक हुँदै गएकोले आफ्ना विश्वासप्राप्त ठेकेदार शारदाप्रसाद अधिकारीको नाममा खरिद गरिएको धापाखेलनजिक खुमलटारको घरमा प्रचण्ड सर्नुभएको बताइन्छ । लाजिम्पाट छोडेपछि उहाँ अहिलेसम्म सोही घरमा रहँदै आउनुभएको छ ।

लाजिम्पाटस्थित घर बिक्रीका निम्ति प्रचण्डकै छोरीहरूले ग्राहक खोज्नुभएको थियो । भरतपुरको मेयर भएपछि सम्पर्कमा आएका कैलाश खड्का नामक व्यक्तिसँग कुरा मिलाएर रेणु दाहालले निजलाई निकै सस्तोमा घर बिक्री गराइदिएको जानकारीमा आएको छ । प्राप्त समाचारअनुसार प्रतिआना एक करोडभन्दा बढी मूल्य पर्ने ४१ आनाको उक्त जमिन जम्मा सत्ताइस (२७) करोड रुपैयाँमा बिक्री गरिएको छ । यसरी बुबाको घर बिक्री गराइदिएबापत छोरी रेणुले के-कति नगद कमिशनबापत हात पार्नुभयो या भएन सो यकीन हुन सकेको छैन । खड्कानिकटको स्रोतअनुसार उक्त घर खरिद गरेबापत कसैलाई पनि कमिसन दिनु परेको थिएन ।

माओवादी पार्टीका अध्यक्ष प्रचण्डले सम्पत्ति विवरणमा आफूसँग तीन तेला सुन र एक कठ्ठा जमिन मात्र रहेको विवरण राज्यलाई उपलब्ध गराउनुभएको छ । राज्यलाई यसरी गलत विवरण दिइएको भए पनि प्रचण्डको विलाशी र वैभवपूर्ण जीवनशैलीले उहाँलाई नेपालका अति धनाढ्यमध्येका एक व्यक्तिको पहिचान दिएको छ ।

प्रचण्डले आफ्नो सम्पत्ति अन्य विभिन्न व्यक्तिका नाममा राख्नुभएको बुझिन्छ । त्यसरी लुकाएका सम्पत्तिमध्ये एनसेलमा प्रचण्डले स्वनाम साथी (हाल स्वर्गीय) को नाममा शेयर राख्नुभएको थियो । अर्बौं रुपैयाँबराबरको शेयर स्वनाम जीवित रहँदै उहाँको नामबाट बेलायतमा बसोबास गर्ने प्रचण्डको भाइका नाममा सारिएको थियो । वर्षौंसम्म प्रचण्डको सम्पत्तिको ‘सूरक्षा गार्ड’ भएर पनि नामसारी गर्ने बेलामा ‘विचार नगरिदिको’ भन्दै स्वनामले मर्नुअघिसम्म प्रचण्डप्रति गुनासो गरेका गरेका थिए । आफ्नो पुत्र प्रकाशको निधन र पत्नीको स्वास्थ्यावस्था खराब भएयता प्रचण्डले विभिन्न नाम र अवस्थामा रहेको आफ्नो सम्पत्तिको व्यवस्थापन गर्ने कार्यलाई गति दिनुभएको देखिन्छ । यसै क्रममा लाजिम्पाटस्थित बङ्गला पनि बिक्री गरेको बुझिएको छ ।

-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज