Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोपबहादुर रायमाझी भन्छन्, “अब को पूर्वमाओवादी ? हामी सबै एमाले !”

Author Avatar साझा न्यूज 2nd December 2021 , 11:34 AM
टोपबहादुर रायमाझी भन्छन्, “अब को पूर्वमाओवादी ? हामी सबै एमाले !”

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीभित्र अब को पूर्वमाओवादी, को एमाले भनेर कित्ताकाँट गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “अब हामी माओवादी रहेनौं ।

त्यो इतिहासको कुरा हो । एमाले र माओवादी मिलाएर नेकपा बनायौं । नेपा एमाले नेकपाकै निरन्तरता हो । अब पाटीभित्र को माओवादी, को एमाले भनेर कित्ताकाँट गर्ने कुरा आउँदैन ।” आफूहरु मुलुक र पार्टीको आवश्यकता अनुसार केपी शर्मा ओलीको नेतृत्वलाई मानेर अघि बढेको उनले बताए । रायमाझीले थपे, “हामी पद होइन, मुलुक र जनतालाई सर्वोपरि मान्छौं । राजनीतिमा लाग्ने सबैले पद पाउँछन् भन्ने होइन, तर ओली देश र जनताको आवश्यकता अनुसार छानिएको नेता हो ।

हामी सबै उहाँलाई नेता मानेर अघि बढेका हौं । अब प्रतिस्पर्धा वा सहमतिमा पाएको जिम्मेवारी पूरा गर्छौं ।” एमालेमा आन्तरिक जनवाद निमिट्यान्न नहुने पनि उनले बताए । उनले भने, “पार्टीभित्र आन्तरिक जनवाद हुन्छ । कसैले जित्छ, कसैले हार्छ । जित्ने महान्, हार्ने पत्तासाफ हुने भन्ने कुरा आउँदैन । संख्याभन्दा आकांक्षी बढी भएपछि चुनाव भएको हो ।

जित्नेले नेतृत्व लिने र हार्नेले सहयोग गर्ने हो ।” उनले एमाले नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति र मूलधार भएकाले सबै कम्युनिस्ट घटक यसमा समेटिने जिकिर गरे । उनले भने, “प्रचण्ड, माधव नेपाल लगायत कतिपय साथीहरु चोइटिएर जानुभयो । घर परिवारको पार्टी खोले पनि आठदस जना मान्छे हुन्छन् । पार्टी विभाजन भयो, अब एकता नहोला भन्न सकिँदैन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज