नेपालमा आइतबार थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११९, भक्तपुरमा ५ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको छ ।
आइतबार २३४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ८९० सक्रिय संक्रमित रहेका छन्ग । मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ६ हजार २६८ पीसीआर तथा २ हजार ४१४ एन्टिजेन परीक्षण भएको छ।















































