काठमाडौँ । नेपालमा सोमबार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ७२५ पिसिआर परीक्षणका क्रममा २१८ जना र १ हजार ४१६ एन्टिजेन परिक्षणका क्रममा २ जनाम कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।
सोमबार थप २६३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार १ सय ५५ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय २५ सक्रिय संक्रमित आइसोलेसन र ९४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।















































