Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरोनाको ओमिक्रोन भेरियन्टको बढ्दो त्रास

Author Avatar साझा न्यूज 23rd December 2021 , 6:48 AM
भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट, दुई जना संक्रमित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा‍. संगीता मिश्राले ५८ वर्षीय एक जना वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेर उनको उपचार भइरहेको उनले बताइन् ।

प्रवक्ता मिश्राका अनुसार २२ जनामा डेल्टा भेरियन्ट पुष्टि छ । हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

कति खतरनाक छ ?

पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको संक्रमित दर नयाँ भेरिएन्ट भित्रिए अवस्था जटिल हुन सक्ने देखिन्छ । वैज्ञानिकहरूले ओमिक्रोन पहिलेका भेरियन्टभन्दा खतरनाक नभएको बताइरहेका छन् । यद्यपि, सो भेरियन्ट लागेर अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु हुने व्यक्तिले कोरोनाको कुनै पनि खोप नलिएको पाइएको उल्लेख गरेका छन् ।

अहिलेसम्मका डाटा हेर्दा ओमिक्रोन निकै संक्रामक भए पनि यो डेल्टा वा अरू भेरियन्टभन्दा खतरनाक नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालीन परिस्थिति निर्देशक माइकल ¥यानले जानकारी दिएका छन् ।

अमेरिकी सरकारका मेडिकल सल्लाहकार डा। एन्थोनी फाउचीले ओमिक्रोन बढी संक्रामक भए पनि यसले डेल्टाले जस्तो बिरामीलाई बढी सिकिस्त नबनाउने बताएका छन् । यद्यपि डा। फाउजीले सो भेरियन्टको विषयमा विस्तृत अध्ययन हुनुपर्ने र संसारभरबाट डाटा संकलन गर्नुपर्ने अमेरिकी सञ्चार एजेन्सीलाई बताएका छन् ।

नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा मानवीय क्षति बढी भएको थियो । डेल्टा भेरिएन्टले नेपालमा संक्रमित दर र मृत्युदर बढाएको थियो ।

विज्ञहरूको अनुसार हाल उपलब्ध खोपले काम गर्न नसक्ने बताएका छन् । तर, खोप लगाएकाहरूलाई भने गम्भीर बिरामी भने नबनाउने विज्ञको भनाइ छ । कोभिडका डेल्टा, अल्फा, बीटा अनि गामाजस्ता प्रमुख भेरियन्टले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउने विज्ञको मत रहेको छ ।

हालसम्म बैज्ञानिकहरूले कोरोनाको नयाँ भेरियन्टलाई सूक्ष्म रूपमा हेरिरहेका छन् । सबैभन्दा बढी खतरा हुन सक्ने भेरियन्टलाई वैज्ञानिकहरूले सूचीकृतसमेत गरेका छन् । त्यसरी सूचीकृत गरिएका भेरियन्टहरूमा डेल्टा भेरियन्ट सुरुमा भारतमा देखिएको र हाल यूकेमा यो भेरियन्ट आमरूपमा फैलिएको छ । यो भेरियन्टको असर’दयगत वैज्ञानिकहरूले अहिले पनि सूक्ष्म अध्ययन गरिरहेका छन् ।

त्यस्तै, अल्फा भेरियन्ट सुरुमा यूकेमा देखापरेको यो ५० भन्दा बढी मुलुकमा फैलिएको थियो । त्यस्तै, बिटा भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट यूकेसहित कम्तीमा २० राष्ट्रमा फेला परेको थियो । सुरुमा ब्राजिलमा देखिएको गामा भेरियन्ट यूकेसहित १० भन्दा बढी राष्ट्रमा पुष्टि भइसकेको छ । समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ३०० मा कोरोना संक्रमण, १२४ जना निको

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज