काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ पुगेको छ। आइतबार २८३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९०६ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ७ हजार १८० पीसीआर तथा २ हजार ४९७ एन्टिजेन परीक्षण भएको छ।















































