Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘खासखुस’ मा हुन्छ खास कुरा

Author Avatar साझा न्यूज 28th December 2021 , 6:48 AM
‘खासखुस’ मा हुन्छ खास कुरा

काठमाडौं । महिनावारी हुँदा कस्ता सामग्री प्रयोग गर्ने ? यो समयमा हुनसक्ने सम्भावित प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमबाट कसरी बच्ने ? किशोरी अवस्थामा धेरैका लागि मुख्य चुनौती बन्ने गरेको तर सहजै बताउन नसक्ने यही समस्याबारे अनुभव आदानप्रदान गर्न दृष्टिविहीनहरूले सन्देश वाहक समूह खडा गरेका छन् ‘खासखुस’ ।

यो समूह यतिखेर दृष्टिविहीन किशोरीका लागि महिनावारीदेखि प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्ने साझा मञ्च बनेको छ । यही मञ्चले यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या समाधानका विषयमा धेरै दृष्टिविहीन किशोरीलाई महत्वपूणर् ज्ञान दिएको समूहको नेतृत्व गरेकी दृष्टिविहीन सन्जिया श्रेष्ठ बताउँछिन् ।

श्रेष्ठले भनिन्, ‘नेपाली समाजमा यौन तथा प्रजनन स्वास्थ्यबारे अझै पनि खुलेर कुराकानी गरिँदैन । तर अहिले हामीले खडा गरेको म्यासेन्जर समूहले दृष्टिविहीन किशोरीलाई प्रजनन स्वास्थ्यबारे कसरी सजग रहने भन्ने विषयमा महत्त्वपूणर् जानकारी दिने गरेको छ ।’
समाजमा सबैलाई आवश्यक रहेको तर सहजै खुल्न नसक्ने विषयमा कुरा गर्नुपर्ने भएकाले म्यासेन्जर समूहको नाम पनि ‘खासखुस’ नै जुराएको श्रेष्ठको भनाइ छ । खासखुस समूहमा आबद्ध किशोरीहरूले महिनावारी हुँदा अपनाउने सावधानी, प्रयोग गर्ने सामग्री, सरसफाइसहित प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको विषयमा अनुभव आदानप्रदान गरिन्छ ।

पाठ्यक्रममै समावेश भएको यौन तथा प्रजनन स्वास्थ्य शीर्षकको अध्यापन गराउन शिक्षक/शिक्षिका अझै तर्कने प्रचलन छ । यस्तो अवस्थामा यो समूह निकै प्रभावकारी भएको यसमा आबद्ध किशोरीहरूको अनुभव छ । यो समूहलाई नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाले ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी परियोजना’मार्फत सहयोग गरिरहेको छ ।

सङ्घले काठमाडौंका लागि सन्जिया श्रेष्ठ र रुवी महर्जन तथा ललितपुर र भक्तपुरका लागि अम्बिका कुइँकेल, गङ्गालक्ष्मी प्रजापति, सुनिता दुवाल र समीक्षा कार्कीलाई साथी शिक्षकका रूपमा खटाएको छ । सङ्घ उपत्यका शाखाका प्रबन्धक शरदकुमार अर्यालले उपत्यकाका तीन वटै जिल्लामा परियोजनामार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे प्रशिक्षण दिएको बताए । गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज