Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी भित्र्याइएका १६ करोडका विद्युतीय गाडी अलपत्र

Author Avatar साझा न्यूज 1st January 2022 , 8:58 AM
लुम्बिनी भित्र्याइएका १६ करोडका विद्युतीय गाडी अलपत्र

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा भित्र्याइएका विद्युतीय बस सञ्चालनमा आउन ढिलाइ भएकाले त्यसै ‘थोत्रिने’ जोखिम बढेको छ। लुम्बिनी विकास कोष परिसरमा पार्किङ गरेर राखेको झन्डै एक वर्ष भइसकेको छ।

गाडी सञ्चालनमा नआउँदै मर्मतमा लाखौं रकम सकिएको छ। तर यी गाडी कहाँ, कसले र कसरी चलाउने भन्ने अझै टुंगो लागेको छैन। लुम्बिनी क्षेत्रको प्रदूषण कम गर्न र वातावरणमैत्री साधन सञ्चालन गर्ने योजनासहित यहाँ पाँच वटा ठूला बस र १४ ट्याक्सी भित्र्याइएको हो। १३ करोड लागतका यी साधन भित्र्याउँदा तीन करोड भन्सार बुझाइएको छ।

‘कहिलेदेखि सञ्चालन हुन्छ भन्न सकिने अवस्था छैन,’ लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राईले भने।

विद्युतीय यातायातका साधन सञ्चालनका लागि लुम्बिनीमा चार्जिङ स्टेसन तयार छ। साधन नचल्दा स्टेसनसमेत प्रयोग नहुँदै थोत्रिएको छ। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत बस र ट्याक्सी लुम्बिनी भित्र्याइएका हुन्। यी साधन अहिलेसम्म विकास कोषको स्वामित्वमा आएको छैन।

यसअघि लुम्बिनीमा ल्याउने भनिएका बस साझा यातायातले खोसेको भन्दै चर्को आलोचना भएको थियो। तर अहिले लुम्बिनीमै बस आउँदासमेत सञ्चालन गर्ने विषय जटिल बनेको छ। संघीय, प्रदेश र स्थानीय सरकार बस सञ्चालनमा आनाकानी गरिरहेका छन्।

लुुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोष आफैंले बस सञ्चालन गर्न कठिन हुने बताउँछन्। स्थानीय र प्रदेश सरकारले सञ्चालनमा अरुचि देखाएका छन्। ‘निजी कम्पनीमार्फत बस सञ्चालन गर्ने मोडालिटी बनिसकेको छ। अब छिट्टै मन्त्रालय हस्तान्तरण गर्ला। अनि सञ्चालन हुन्छन्, उनले भने।

अहिले विकास कोषको बसपार्क नजिकै साधनहरू पार्किङ गरिएका छन्। त्यहीं चार्जिङ स्टेसन बनेको छ। जसका लागि सोलार प्लान्ट जडान भएको छ। यहाँ जडान गरिएको सोलार पावरहाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ। चार्जिङ स्टेसनबाट एकै पटकमा १३ सवारी साधन चार्ज गर्न सकिने बनाइएको छ। अहिले त्यहाँ १४ वटा साना गाडी र पाँचवटा बस रहेका छन्। बसहरू पूर्ण वातानुकूलित र अपांगमैत्री छन्। ढोकाहरू स्वचालित छन्। बसमा १९ र ट्याक्सीमा पाँच सिट छन्। विद्युतीय भएकाले बस र ट्याक्सी आवाजरहित छन्। एक पटक फुलचार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्ने प्राविधिकहरू बताउँछन्।

यी साधन पर्यटक लक्षित छन्। विमानस्थलबाट पर्यटकलाई सिधै लुम्बिनी, देवदह, रामग्राम र कपिलवस्तु आउजाउमा प्रयोग हुने सूचना अधिकारी डा. राईले बताए। यी साधन सञ्चालनमा आएपछि थप्ने योजनासमेत बनाइएको छ।

कोरोना महामारीका कारण समेत विद्युतीय बस सञ्चालनमा ढिलाइ भइरहेको विकास कोषले जनाएको छ। लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी भने अनुदानमा पाएका साधन सञ्चालनमा विलम्ब गर्न नहुने बताउँछन्। पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले लुम्बिनीमा पर्यटकको सहजता र वातावरण प्रदूषण हुनबाट रोक्नका लागि भए पनि बस सञ्चालनमा ल्याउनुपर्ने बताए। ‘विद्युतीय ठूला बसहरू चलाउँदा लुम्बिनीमा पर्यटकहरूको रौनक नै फरक देखिन्छ,’ उनले भने।

लुम्बिनी क्षेत्रमा अहिले स्तरीय बस सञ्चालनमा छैनन्। जसले गर्दा पर्यटकले सास्ती भोग्ने गरेका छन्। लुम्बिनी क्षेत्रमा अहिले २० वर्षभन्दा पुराना साधनसमेत चलाउने गरिएको छ। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज