Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय तहको निर्वाचनबारे सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल

Author Avatar साझा न्यूज 29th January 2022 , 6:44 AM
स्थानीय तहको निर्वाचनबारे सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल

संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्य गरेका गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास बोलाएर भेट गरेपछि प्रधानमन्त्री देउवाले शुक्रबार गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको निर्वाचनको मिति घोषणालाई लिएर राष्ट्रपति भण्डारीले पनि चासो राखेकी थिइन् ।

स्थानीय तहको निर्वाचन मिति तोक्न लगातार निर्वाचन आयोगको ताकेताकै बीच गठबन्धनले ऐन संशोधनको गृहकार्य गरिरहेका वेला राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्री देउवालाई बोलाएर निर्वाचनको मितिलाई लिएर चासो व्यक्त गरेकी हुन् । राष्ट्रपतिको चासोलाई लिएर पनि देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिबाट ‘स्थानीय निर्वाचन तोकिएकै समयमा नगरिए संकट उत्पन्न हुने’ चासो व्यक्त भएको र आफूले ‘त्यो सरकारको काम भएकाले उचित समयमा गर्ने गरी आवश्यक निर्णय लिने’ जवाफ दिएको प्रचण्ड र माधवलाई बताएका थिए । त्यसपछि शनिबार गठबन्धनको बैठक बोलाउने तीन नेताबीच सहमति बनेको थियो । शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको छ ।

राष्ट्रपतिले बिहीबार देउवालाई भेट्न बोलाएर एउटा पत्रसमेत थमाएकी थिइन् । स्रोतका अनुसार राष्ट्रपति आफैँले देउवालाई दिएको उक्त पत्रमा कुनै कार्यालय वा संस्थाको ठेगाना छैन ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीलाई कुनै औपचारिक पत्र नदिएको बताए । ‘प्रधानमन्त्रीसँग छलफल हुँदा राष्ट्रपतिले विषयवस्तु नोट गरेर बोल्नुभएको होला । त्यो नोट प्रधानमन्त्रीले मागेर दिनुभएको हुन सक्छ वा आफैँ दिनुभएको पनि हुन सक्छ । भेटको विषयवस्तुबारे राष्ट्रपति कार्यालयबाट कुनै पनि आधिकारिक पत्र प्रधानमन्त्री कार्यालयमा गएको छैन,’ उनले भने ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सरकारलाई निर्देशन दिने राष्ट्रपतिलाई संवैधानिक अधिकार नभएको बताए । ‘राष्ट्रपति आफैँले चासो राखेर प्रधानमन्त्रीलाई भेट्न बोलाएजस्तो लाग्दैन । उहाँलाई कसैले यो जिम्मा लगाएको होला । राष्ट्रपतिले स्थानीय तहको चुनावलाई लिएर प्रधानमन्त्रीलाई पत्र दिएको सुनेको छु । गठबन्धनमा पत्रको विषयमा चर्चा पनि सुरु भएको छ,’ भुसालले भने, ‘विषयवस्तु सबै बुझ्न पाएको छैन । जे भए पनि सरकारलाई निर्देशन दिने राष्ट्रपतिको संवैधानिक अधिकारभित्र पर्दैन ।’

प्रतिनिधिसभाबाट ऐन संशोधनका लागि दर्ता विधेयक अगाडि बढे पनि राष्ट्रिय सभाले त्यसलाई केही समय भए पनि अड्काउन सक्ने गठवन्धनका नेताहरूको बुझाइ छ । ऐन संशोधनमा संसद्को दुवै सदनको भूमिका हुन्छ ।

आइतबारयता गठबन्धन कानुनी जटिलता सुल्झाउने गृहकार्यमा लागेको छ । कानुनविद्हरूसँग परामर्श गरेर संविधानसँग बाझिएका ऐन संशोधन गर्ने र संविधानको व्यवस्थाअनुसार निर्वाचन गर्ने सहमति दलहरूबीच बनेको थियो । स्थानीय तहको निर्वाचन सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐन, २०७३ बाझिएका छन् । संविधानमा पदाधिकारीको कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने ऐनले कार्यकाल सकिनु दुई महिना अगाडि नै निर्वाचन गर्ने व्यवस्था गरेको छ ।

संविधानको धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने र त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा स्थानीय गाउँपालिका र नगरपालिकाका सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि हुने उल्लेख छ ।

संविधानको धारा १ मा संविधान मूल कानुन भएको र यस संविधानसँग कुनै पनि कानुन बाझिएको हदसम्म अमान्य हुने उल्लेख छ । साथै, गत आइतबार कानुनविद्हरूले समेत संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाव दिएपछि गठबन्धनमा रहेका दलहरू यसको गृहकार्यमा जुटिरहेका छन् ।

०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले कुनलाई आधिकारिक मिति मान्ने भन्नेमा आयोग र गठबन्धनमा रहेका दलहरूबीच मतभेद देखिएको छ । ०७४ मा ३१ वैशाख, १४ असार र २ असोजमा स्थानीय तहको निर्वाचन भएको थियो । २ असोजलाई स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने मिति मान्ने र संविधानअनुसार स्थानीय निर्वाचनमा जाने गठबन्धनको तयारी छ । तर, निर्वाचन आयोगले ५ जेठमा स्थानीय तहको पदाधिकारीको कार्यकाल सकिने भन्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार सरकारलाई १४ र २२ वैशाखमा निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ ।

आयोगले पनि स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई पटकपटक आग्रह गरिरहेको छ । आयोगले गत मंगलबार विज्ञप्ति नै जारी गरेर ०७९ वैशाखसम्म स्थानीय तहको निर्वाचन गर्न आफूहरू तयारी अवस्थामा रहेको भन्दै समयमै मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराएको थियो । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज