पछिल्लो २४ घण्टामा नेपालमा थप चार हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ५६२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १० हजार १०१ र एन्टिजेन विधिबाट चार हजार ४६१ जनाको परीक्षण गर्दा क्रमशः तीन हजार ३१८ र एक हजार ५८६ जनामा संक्रमण देखिएको हो।
यस अवधिमा पाँच हजार ९२४ जना संक्रमणमुक्त भएका छन् भने ६ संक्रमितको ज्यान गएको छ। अब नेपालमा ८७ हजार ३२९ सक्रिय संक्रमित रहेका मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। आज शनिबार देशभर दुई लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।















































