Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमसीसीले राजनीति थप तरङ्गित

Author Avatar साझा न्यूज 7th February 2022 , 6:26 AM
प्रचण्डका कारण बालुवाटारबाट बाहिरिएका ओलीको प्रचण्डसँग बालुवाटारमै पहिलो औपचारिक भेट

काठमाडौं । एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ । यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे। यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ । यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहे ।

‘एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्‍याउने विषयमा सकारात्मक छलफल भएको छ’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘एमसीसीको अहिले जुन भ्रम र आशंका छ यो अब छिट्टै हट्छ । एमसीसीले केही दिनमै निकास पाउँछ ।’ राष्ट्रिय राजनीति सकारात्मक दिसामा गएको मन्त्री कार्कीले बताए । संसद्लाई प्रभावकारी बनाउन सरकार र प्रतिपक्षको उत्तिकै जिम्मेवारी छ भन्ने छलफल भएको उनले सुनाए ।

एमाले महासचिव शंकर पोख्रेलले प्रधानमन्त्रीले एमसीसीलगायत विषयलाई अघि बढाउन सहयोग मागेको जानकारी दिए । तर, माओवादी अध्यक्ष दाहालले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने, निर्वाचनपछि मात्र एमसीसीको विषय प्रतिपक्षसहित उठाउन सहज हुने बताएको महासचिव पोख्रेलले सुनाए । ‘एमसीसीका विषयमा पहिला सत्तापक्ष स्पष्ट हुनु जरुरी छ । राष्ट्रिय मामलाका विषयमा सत्तापक्ष एकमत हुनुपर्ने हो’, पोखरेलले भने ।

एमालेले भने सत्तापक्ष स्पष्ट भएपछि मात्रै एमाले धारण बनाउने जवाफ दिएको थियो । देउवा र दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पठाएको पत्र आइतबारै सार्वजनिक भएको छ । त्यस्तै, एमसीसी मुख्यालयले शुक्रबार देउवा र दाहाललाई जवाफी पत्र पठाएर सम्झौता फेबु्रअरी २८ अर्थात् फागुन १६ गतेभित्र अनुमोदन गरिसक्न समयसीमा दिएको पाइएको छ । दुवै नेताले दिएको समयसीमाभित्रै सम्झौता संसद्बाट पारित हुने विश्वास अमेरिकाले लिएको पत्रमा जनाइएको छ ।

फागुन १६ को डेडलाइनसम्म अमेरिका कुरेर बस्ने जनाइएको छ । एमसीसीले अब सम्झौता संशोधनको सम्भावना नरहेको प्रष्ट्याएको छ । अमेरिकाले भनेको छ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद्बाट अनुमोदन गराउने विषयमा सम्झौता गरेको र त्यहीअनुसार संसद्मा अनुमोदनको कुरा भइसकेको छ । त्यसैले पनि अब संशोधनको सम्भावना छैन । देउवा र दाहालले असोज १३ मा संयुक्त पत्र लेखेरै पाँच महिना पर्खिन आग्रह गरेका पत्रमार्पmत खुलेको छ ।

दाहालले एमसीसीलाई लेखेको पत्रमा भएको हस्ताक्षर आफ्नो रहेको शीर्ष भेटमा स्वीकार गरेका थिए । ‘दाहालले भन्नुभयो- पत्र मैले नलेखेको भनेको छैन । तर एमसीसीको विषय निर्वाचनपछि अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने मेरो धारणा हो’, एक नेताले भने । एमाले महासचिव पोखरेलले कूटनीतिका विषयमा सत्तापक्षबाटै अलग-अलग धारणा आउनु दुखद भएको बताए । ‘तीन नेताबीच भएको छलफलमा एमसीसीका विषयमा जनताका बीचमा एउटा कुरा गर्ने, अन्तर्राष्ट्रिय नीतिका विषयमा अर्को कुरा गर्ने उपयुक्त हैन भनेर ध्यानाकर्षण गराएका छौं’, उनले भने ।

कांग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी एउटा मुद्दा हो तर चुनाव देशको प्रमुख मुद्दा भएको बताएका छन् । यही कारण गठबन्धन चुनावसम्मै हुनु आवश्यक रहेको नेता पौडेलेको भनाइ छ । भने, ‘एमसीसी मात्र नभन्नुहोस् हाम्रो अगाडि चुनाव आइरहेको छ ।’ सरकारले सभामुखलाई एमसीसी अघि बढाउनुपर्ने प्रस्ताव राखेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आइतबार सभामुख सापकोटासँग भेट गरेका हुन् । मन्त्री बडुले भने, ‘एमसीसी अब संसद्मै टेबल गराउनुहोस् भनेका छौं । उहाँले संसद्मा वातावरण नभएको बताउनुभयो ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

भर्खरै प्रकाशित

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज