Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमसिसी संसद् लैजाने गृहकार्य : सहमति जुट्न बाँकी, तर सजिलै पास हुनेमा प्रधानमन्त्री ढुक्क

Author Avatar साझा न्यूज 15th February 2022 , 6:48 AM
एमसिसी संसद् लैजाने गृहकार्य : सहमति जुट्न बाँकी, तर सजिलै पास हुनेमा प्रधानमन्त्री ढुक्क

काठमाडौं । सत्ता-सहयात्री माओवादी र एकीकृत समाजवादीले विपक्षमा उभिने स्पष्ट पारे पनि प्रधानमन्त्री शेरबहादुर देउवा संसद्बाट एमसिसी सजिलै पास हुनेमा विश्वस्त छन् ।

सरकारले बुधबार बस्ने संसद् बैठकमा एससिसी टेबुल गर्ने योजना बनाएको छ । सभामुख अग्नि सापकोटाबाट कुनै अवरोध नहुनेमा प्रधानमन्त्री देउवा ढुक्क छन् । किनभने, सरकारले ल्याएका ‘बिजनेस’मा सभामुखले रोकटोक गर्न सक्ने व्यवस्था छैन ।

सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाको भनाइ थियो, ‘एमसिसीलाई जो सरकारमा आए, उहाँहरूले नै निरन्तरता दिएको हो । यो नयाँ होइन । अब यसलाई ‘सेफल्यान्डिङ’ गर्नुपर्छ । सदनमा पेस गरेर त्यहीं वारपार गरौँ । त्यसका लागि वातावरण बनाउन प्रतिपक्ष मनाउन मैले पनि पहल गरिरहेको छु ।’

संसद्मा उपस्थित सदस्य संख्याको बहुमतले एमसिसी पास गर्न सक्छ । ९८ सिट रहेको एमालेले समर्थन गरे प्रस्ताव सजिलै पास हुन्छ । किनकि कांग्रेससँग ६१ सांसद छन् । निणर्य प्रक्रिया हुँदा माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक बहिष्कार गर्ने र एमालेका केही सांसद मात्रै बैठकमा उपस्थित हुने प्रधानमन्त्री देउवाको बुझाइ छ ।

एमालेका सबै सांसद बैठकमा उपस्थित भएर विपक्षमा उभिँदा वा तटस्थ बस्दा बहुमत नपुग्ने हुन्छ । त्यसैले, एमालेले थोरै सांसदलाई मात्र बैठकमा उपस्थित गराएर प्रस्ताव पारित गराउन सहयोगी भूमिका खेल्ने देउवाको विश्वास छ । यस्तो अवस्थामा कांग्रेसलाई जसपा (१९) र लोसपा (१३) ले साथ दिँदा एमसिसी पास हुने देखिन्छ ।

२७१ सदस्यीय संसद्मा माओवादीका ४९ र एकीकृत समाजवादीको २३ तथा जनमोर्चा, नेमकिपा, राप्रपा र स्वतन्त्र एक-एक सांसद छन् । चार सांसद निलम्बित छन् । उनीहरूले मतदानको अधिकार राख्दैनन् ।

गठबन्धनलाई सुरक्षित गर्दै सत्तारुढ दलहरूले एमसिसीलाई अब संसद् प्रवेश गराउने गृहकार्य थालेका छन् । संसद्को बुधबार बस्ने वा त्यसलगत्तैका अरू बैठकमा एमसिसी प्रवेश गराउने भन्ने सहमति भने भइसकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसिसी संसद् प्रवेश गराउने र त्यहीँ आफ्ना मतहरू राखेर अन्तिम निणर्य गर्ने जिम्मा सार्वभौम संसद्लाई दिने तयारी थालेका छन् । देउवा, प्रचण्ड र नेपालबीचको तयारीलाई जसपा अध्यक्ष उपेन्द्र यादवको समर्थन छ भने जनमोर्चाले विरोध गरेको छ ।

अमेरिकाले एमसिसी परिमार्जन गर्न नसकिने र १६ फागुनभित्र अनुमोदन नभए फिर्ता लैजान सकिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवासहित गठबन्धनमा रहेका नेताहरूमाथि दबाब बढेको हो । ‘कन्टेन्टमा तलमाथि गर्न सक्ने अवस्था भएन । अब यसलाई अनुमोदन गर्ने सहज प्रक्रियाको खोजी भइरहेको छ,’ गठबन्धनमा रहेका एक शीर्ष नेताले भने । सोमबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी अगाडि बढाउन र संसद्बाट निणर्य गर्न दलहरूलाई आग्रह गरेका थिए ।

अर्का एक शीर्ष नेताले संसद् खोल्नुपर्ने र यसअघि आर्थिक सहायतासम्बन्धी कुनै पनि प्रस्ताव संसद्मा नगएकाले एमसिसीलाई अपवाद मानेर लैजाने गरी दलहरूबीच सहमति जुटाउने विकल्पमा छलफल भएको बताए । उनका अनुसार सर्वदलीय बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले यही तरिकाले धारणा राखेका छन् ।

सदन चलाउने र राष्ट्रिय महत्वका विधेयकसहितका विषय अगाडि बढाउने विषयमा सहमति खोज्न सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसिसी संसद् प्रवेशको सम्भावना संकेत गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेलाई समेत संसद् बैठकमा सहभागी बनाएर एमसिसी संसद् लैजान र छलफल गराउन सकिने नेताहरूको संकेत छ । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज