नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १,२७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमितमध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या १३ हजार ३५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको ज्यान गएको छ । नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।















































