Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चार वर्षपछि दिल्लीसँग न्यानो संवाद

Author Avatar साझा न्यूज 3rd April 2022 , 8:35 AM
हैदराबाद हाउसमा देउवा-मोदीबीच समझदारी : द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने वाचा

नयाँदिल्ली, चैत २० गते । भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुभएको छ ।हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत हुनुभएको छ ।

नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी विश्वास र हितका आधारमा समाधान खोज्दै दुई पक्षीय सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने सहमति भएको छ ।दुई प्रधानमन्त्रीबीच मात्रको प्रत्यक्ष वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि सामूहिक छलफल भएको थियो । हैदरावाद भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीहरूले संयुक्त रूपमा सम्बोधन गर्नुभएको थियो ।

हैदरावाद वार्तामा प्रधानमन्त्री देउवाले सीमा समस्याका समाधानका लागि संयुक्त संयन्त्रको प्रस्ताव गर्नुभएको थियो र त्यसमा मोदीले सकारात्मक प्रतिक्रिया जनाउनुभएको थियो । दुई प्रधानमन्त्रीबीचको वार्ता सीमा समाधान, सुरक्षा चासो, ऊर्जा विकासको साझेदारी र सहकार्य एवं आर्थिक विकासका लागि सम्पर्क सञ्जाल बढाउने विषयमा केन्द्रित थियो । शीर्ष वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पारस्परिक हितलाई ध्यानमा राख्दै सहयोग र सहकार्यलाई विस्तार गर्ने सम्बन्धमा समकक्षी
भारतका प्रधानमन्त्री मोदीसँग सकारात्मक छलफल भएको बताउनुभयो ।

देउवाले भन्नुभयो, “मोदीजीसँग हार्दिक र फलदायी छलफल भएको छ । यसले हामीबीचको सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास मैले लिएको छु ।” उहाँले भारतले नेपालको आर्थिक, सामाजिक र राजनीतिकलगायत सबै क्षेत्रमा निरन्तर महìवपूर्ण सहयोग उपलब्ध गराउँदै आएको चर्चा गर्दै मोदीको भिजनरी नेतृत्वबाट भारतले गरिरहेको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने बताउनुभयो ।

भारतका प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच विशिष्ट प्रकारको मित्रता रहेको बताउँदै भन्नुभयो, “नेपाल–भारतबीच जुन दोस्ती छ, त्यो दुनियाँमा अन्यत्र छैन ।” मोदीले नेपालको विकास यात्रमा सहयोग गर्न भारत सधैँ तयार र सकारात्मक रहेको बताउँदै ऊर्जा, सूचना प्रविधि, यातयात, व्यापारको क्षेत्रमा सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिनुभयो । ऊर्जा विकासको सहकार्य र साझेदारीका लागि दुई देशले संयुक्त भिजन पेपर बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पनि राख्नुभएको थियो ।

उहाँले नेपालले विद्युत् उत्पादन गरेर भारतलाई बेच्न सक्ने बताउँदै भन्नुभयो, “नेपालको विद्युत् हामी किन्छौँ । विद्युत् वा ऊर्जा निर्यात गरेर नेपाल प्रगति गर्नसक्छ ।”मोदीले पञ्चेश्वर परियोजनाको कार्यान्वयनलाई गति प्रदान गर्न भारत तयार रहेको बताउँदै भन्नुभयो, “यसबारेमा प्रधानमन्त्री देउवासँग ठोस छलफल भएको छ । मोदीले केही अवाञ्छित तìवहरूले खुला सीमाको दुरुपयोग नगरून् भन्नेबारे दुवै पक्ष सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।”

दुई प्रधानमन्त्रीबीच भएको द्विपक्षीय भेटमा खुला सीमाको नियमन र सुरक्षाबारे पनि छलफल भएको थियो । खुला सीमाको फाइदा उठाएर अवाञ्छित तìवहरूले घुसपैठ गर्नसक्ने भएकोले यसबारेमा दुवै पक्ष सचेत हुनुपर्नेमा जोड दिइएको थियो । यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा शनिबार भारतीय प्रधानमन्त्री मोदीले दिवाभोगको आयोजना गर्नुभयो ।

नक्सा प्रकरणपछिको न्यानो संवाद
प्रधानमन्त्रीका रूपमा यो देउवाको पाँचौँ औपचारिक भारत भ्रमण हो । तथापि देउवाको भ्रमणलाई परम्परागत निरन्तरताभन्दा पनि फरक महìव दिएको नेपाल–भारत सम्बन्धका जानकारहरू बताउँछन् । विमानस्थलदेखि प्रम देउवा र प्रतिनिधिमण्डल रहेको आईटीसी मौर्य होटलसम्म देउवाको तस्बिर अङ्कित स्वागत ब्यानर राखिएको थियो भने प्रधानमन्त्री देउवाको सवारी हुँदा पूरै सडक खाली गराइएको थियो ।

झन्डै चार वर्षपछि दिल्लीमा दुवै देशका प्रधानमन्त्री तहमा यसरी वार्ता भएको हो । २०१८ मार्चमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । त्यसपछि दिल्लीले नेपालबाट उच्चस्तरको औपचारिक भ्रमणलाई आमन्त्रण गर्न खासै इच्छा देखाएको थिएन ।

खासगरी नयाँ नक्सा प्रकरणपछि नेपाल र भारतबीचको सम्बन्धमा अलि चिसोपना बढेको हो । २०१९ नोभेम्बरमा नेपालको भूभाग लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले एकपक्षीय रूपमा नयाँ नक्सा सार्वजनिक गरेको थियो ।त्यसपछि नेपाल सरकारले २०७७ जेठ ५ गते भारतबाट अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

त्यसलाई संसद्को दुवै सदनबाट पारित गरिएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध तनाव मात्रै सुरु भएन, द्विपक्षीय संवाद र भ्रमणको सिलसिलासमेत लगभग टुटेको थियो ।  नयाँ नक्सा प्रकरणपछि नेपालका प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । यो भ्रमणसँगै दुई देशबीच हार्दिक संवाद र सहकार्यको ढोका पूर्ववत् रूपमा खोलेको छ । दुई देशबीच अल्झिएका थुप्रै विषयको समाधानका लागि राजनीतिक र कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न यो भ्रमण सार्थक रहेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज