Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०७९ शुक्रबार, २ सेप्टेम्बर २०२२)

Author Avatar साझा न्यूज 2nd September 2022 , 8:05 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद १७ गते शुक्रबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २ तारिख भाद्र शुक्ल पक्षको षष्ठी तिथि ११ः२७ पर सप्तमी तिथि विशाखा नक्षत्र ऐंन्द्र योग गर करण आनन्दादियोगमा मातङ्ग योग चन्द्रमा तुला राशिमा १६ः४३ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ बजे भयो र सूर्यास्त साँझ १८ः२२ बजे हुनेछ । सूर्य षष्ठी, गौरा सप्तमी ।

आजको राशिफल

मेष – दाम्पत्य सुख बढ्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – सुखमूलक काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएका काम सम्पादन हुनेछन् । आज कसैसंग सामान्य झगडा पनि हुन सक्ने योग छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग भेटघाटको सम्भावना छ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – प्रेमभावका साथै कार्यक्षमता बढ्नेछ । सुखको वस्तु बढ्ने र सफलता प्राप्त हुने योग छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आज प्रेममा आकर्षण बढ्नेछ । ऐश्वर्य बढ्नेछ । आशा उत्साह वृद्धि होला । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वको साथमा अति सुमधुर सम्बन्ध रहने छ । बन्दव्यापारबाट फाइदा हुनेछ । आज गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला । विकासको नयाँ सम्भावना देखापर्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – व्यस्तता बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । आरोग्य वृद्धि होला । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – आज रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आयस्रोत बढ्ला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखापर्ला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समय नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आज आरोग्यता बढ्ने र रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आज अनुकूलता बढ्ने र दाम्पत्य सुख प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन पनि सक्छ, ध्यन राख्नुहोला । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – शुभ समाचार प्राप्त हुनेछ । आयबल पनि बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय रहेको छ तर कामधन्दाको चापले गर्दा र दाम्पत्य सम्बन्ध तथा प्रेमिका वा प्रेमीसंग पनि सामान्य चिसोपन देखिन सक्छ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला ।

मकर – कर्मबल बढ्नेछ, पारिवारिक सुख प्राप्त हुनेछ । आज बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – शुभता वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ

मीन – दौडधुप बढे पनि बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मनअनुकूलको काम बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । उत्साह बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । मन प्रशन्न रहला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज