Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०७९ मंगलबार, ६ सेप्टेम्बर २०२२)

Author Avatar साझा न्यूज 6th September 2022 , 8:12 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद २१ गते मंगलबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर ६ तारिख भाद्र शुक्ल पक्षको एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र आयुष्मान योग वणि करण आनन्दादियोगमा मित्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१७ बजे हुनेछ । हरिपरिवर्तनी एकादशी व्रत ।

आजको राशिफल

मेष – भाग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तता र मनोरञ्जनका बीच दिन बित्नेछ । आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आजको दिन सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषिचौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जाँगर पलाएर आउने छ । परिवारिक सुख बढ्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आजको दिन त्यति शुभकारी नरहला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । रुपैयापैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मिठो भोजन मिल्नेछ ।

सिंह – प्रेमभाव बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । आफन्तसित भेटघाट हुनेछ । ब्यवसायमा बढी नै फाइदा हुने समय छ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । आयस्रोत बढ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ ।

तुला – पराक्रम बढ्नेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । तर सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्य सफल रहनेछ ।

धनु – शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ ।

मीन – कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । रोगबाट छुट्कारा पाउनुहुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज