Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ भदौ २०७९ सोमबार, १२ सेप्टेम्बर २०२२)

Author Avatar साझा न्यूज 12th September 2022 , 8:29 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र २७ गते सोमबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १२ तारिख आश्विन कृष्ण पक्षको द्वितीया तिथि १३ः१३ पर तृतीया तिथि उत्तराभाद्रपद नक्षत्र ९ः३२ पर रेवती नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा गद योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः११ मा हुनेछ ।

आजको राशिफल

मेष – यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तापनि समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । जीवनमा सुख वृद्धि हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । मान, सुख, समृद्धि बढ्नेछन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कर्मबल बढ्ने र कार्यक्षमता वृद्धि हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – सौभाग्य बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कर्मको उचित प्रतिफल पाइनेछ । केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – दौडधुप बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा विशेष लाभ लिने समय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

कन्या – दाम्पत्य सुख बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख बढ्नेछ ।

तुला – पराक्रम बढ्नेछ । सफलता मिल्नेछ । केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । मिठो भोजन खान पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – प्रेमभाव बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता बढ्ला । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको शिकार भइनेछ । अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – सकरात्मकता बढ्नेछ । साझेदारीको काम बन्नेछ । परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – महत्व वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला । तार्किक क्षमता बढ्नेछ। विशेष सभासमारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – कार्य क्षमता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मानसम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । ब्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता र प्रेमबल बढ्नेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। शुभ काममा भाग लिनुहुनेछ । गौरब बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज