Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असोज २०७९ शुक्रबार, ७ अक्टोबर २०२२)

Author Avatar साझा न्यूज 7th October 2022 , 6:43 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)

  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन २१ गते शुक्रबार तद्अनुसार सन् २०२२ अक्टुबर ७ तारिख आश्विन शुक्ल पक्षको द्वादशी तिथि ६ः५० पर त्रयोदशी तिथि शतभिषा नक्षत्र गण्ड योग कौलव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः०० बजे र सूर्यास्त साँझ १७ः४२ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – आजको दिन नसोचेको काम बन्न सक्छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । आयस्रोत बढ्नेछ । कर्ममा रुचि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला । धैर्यले काम लिने समय छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधनसमेत लाभ हुने देखिन्छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मान प्राप्ति होला ।

मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । श्रमको उचित मूल्याङ्कन हुने दिन छ । प्रेममा आकर्षण बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज दौडधुप बढ्नेछ भने सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ, काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । तथापि, मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – प्रेमभाव बढ्ने तथा ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने दिन छ । आरोग्यता पनि बढ्नेछ । व्यापारमा फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुने देखिन्छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्ने र ऋण, रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने र सुख वृद्धि हुने योग छ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन कमजोर स्वास्थ्यका बाबजुद जिम्मेवारी बढ्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । तथापि आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ । मान सम्मानमा भने निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – धन वृद्धि हुने र सौभाग्य बढ्ने समय भए पनि केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका काम बन्नेछन् । आरोग्यता बढ्ला । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – सकरात्मकता बढ्ने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आज अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । धन वृद्धि हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आजको दिन स्वास्थ्यमा कमजोरी महसूस हुनाले सानो काममा पनि धेरै परिश्रम परेको अनुभूति होला । तापनि काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । देखापरेको समस्याको समाधान भने मिल्नेछ । मान प्रसंशा बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – आज शुभता वृद्धि भइ सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना पनि देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन्् । नसोचेको फाइदा उठाउन सकिनेछ । शुभ काममा भाग लिनुहुनेछ । रसरागमा रुचि बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज