Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ कात्तिक २०७९ मंगलबार, ८ नोभेम्बर २०२२)

Author Avatar साझा न्यूज 8th November 2022 , 8:10 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक २२ गते मंगलबार तद्अनुसार सन् २०२२ नोभेम्बर ८ तारिख कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथि भरणी नक्षत्र व्यतिपात योग बालव करण आनन्दादियोगमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२० बजे र सूर्यास्त साँझ १७:१३ बजे हुनेछ । कार्तिकस्नान चतुर्मास ब्रत समाप्ति, ग्रस्तोदित खग्रास चन्द्रग्रहण निम्बार्काचार्य जयन्ती, गुरुनानक जयन्ती । चन्द्रग्रहण साँझ ५:२७ देखि ६:३४ सम्म ।

ग्रहण प्रभाव : मेष- घात, वृष- खर्च, मिथुन- लाभ, कर्कट- सुख, सिंह- मान नास, कन्या- कष्ट, तुला- स्त्रीपीडा, वृश्चिक- सुख, धनु- चिन्ता, मकर- व्यथा, कुम्भ- श्रीप्राप्ति, मीन- क्षति । भरणी नक्षत्र मेष राशिको लागि अतिकष्ट ।

आजको राशिफल

मेष – बौद्धिक र सृजनात्मक काममा सफलता मिल्ने दिन छ । मनोरञ्जनपूर्ण समय ब्यतीत होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – आजको दिन आर्थिक पक्ष सुदृढ रहने र कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आयबल बढ्ने र साझेदारीको काममा सफलता मिल्ने दिन छ । आरोग्य वृद्धि होला । रसरागमा रुचि बढ्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेम वा दाम्पत्य सम्बन्धमा चिसोपन देखिन सक्छ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – भावनामा केन्द्रित भएर व्यवहार गर्दा बोलीको विपरीत अर्थ लाग्न सक्छ । आजको दिन बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत देखिन्छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । सुखसमृद्धि बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । मानसम्मान प्राप्ति र ख्याति फैलिने योग रहेको छ ।

सिंह – आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आफन्तसित भेटघाट हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – भाग्यबल वृद्धि भइ मनोकूलको काममा सफलता मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आयस्रोत बढ्ला । रसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आज ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन प्राप्त होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मन प्रशन्न रहला ।

वृश्चिक – हृदयमा प्रेमभाव बढ्नेछ । आज धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आज ब्यस्तता बढेको महसूस होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पुर्‍याउन सक्ने छैनन् । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । आइपरेको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पराक्रम र आरोग्यता बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग सम्बन्धमा प्रगाढता आउला । आर्थिक पक्ष सबल नै छ र पनि समय बलियो नरहेकोले अति आवश्यक नपरेसम्म आजको दिन कुनै नयाँ बस्तु खरिद नगरेकै बेस हुनेछ । भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ ।

कुम्भ – मान वृद्धि होला । रसरागको भाव वृद्धि हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ, सचेत रहनुहोला । आशा उत्साह बढ्नेछ । समयले साथ दिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज