साझा न्यूज । तौलिहवा
कपिलबस्तुको कृष्णनगर–काठमाण्डौ सुविधा सम्पन्न बस सेवाको उद्घाटन गरिएको छ । पश्चिम नेपालबस व्यवसायीद्धारा देव दर्शन मेट्रो एसी बस सञ्चालन गरिएको हो । सो बस सेवा को उद्घाटन कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले गर्नु भएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख शाहले यात्रुहरुलाई सुरक्षित र आरमदायी यात्राका लागि महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो ।

सो क्षेत्रका जनतालाई सुविधा सम्पन्न सुरक्षित यात्रा गराउने उद्धेश्यले बस सेवा सञ्चालन गरिएको पश्चिम नेपालबस व्यवसायीद्धारा सञ्चाीलत देव दर्शन मेट्रो एसी बसका सञ्चालक किशोर वाग्लेले बताउनुभयो । उक्त बस स्वा बुवा देव बाग्लेको सम्झनामा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

बस सेवा कृष्णनगर–चन्द्रौटा–गोरुसिंगे–बनगाई–चार नं.–काठमाण्डौ रुटमा चल्ने छन । उक्त बस साझा ७ बजे प्रत्येक दिन कृष्णनगरबाट काठमाण्डौका लागि र काठमाण्डौ बस पार्कबाट प्रत्येक दिन साढे ६ बजे कृष्णनगरको लागि छुट्ने छ ।
टाटा कम्पनिको एल टि ओ ६२ युरो फोर मापदण्डको गाडी पश्चिम क्षेत्रमै पहिलो पटक सञ्चालनमा आएको छ । बस ४१ सिटको रहेको छ । बसमा सोफा सिस्टमको सिट, बाई फाई , अप्रिय घटना हुन नदिन सिसिटीभि क्यामरा समेत जडान गरिएको छ ।

कार्यक्रममा कृष्णनगर बस पार्क व्यवस्थापन समितिका अध्यक्ष नसरुल्लाह खान, किफाइत उल्लाह खा, मोलाना सफिक, हरि बहादुर क्षेत्री, शिव बहादुर वाग्ले निर्मल पराजुलि अरुण कुमार श्रीवास्तव लगायतको सहभागिता रहेको थियो । कार्यक्रम किशोर वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिपक काफ्लेले गर्नु भएको थियो ।
















































