ललितपुर । नेवाः विद्यार्थी युनियनले स्नातक तहमा (बि.ए.) तहमा नेपालभाषा पढ्ने विद्यार्थीको माग गर्दै ज्यापु समाज यललाई ज्ञापन पत्र बुझाएका छन् ।
सो ज्ञापन पत्रमा भनिएको छ काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा १० जना व पद्यम कन्या क्याम्पसमा पाँच जना नेपालभाषा विद्यार्थी भर्ना गर्ने नभएको खण्डमा बि.ए. तहमा नेपालभाषा कक्षा बन्द रहने अवगत गराउँदै नेवाः विद्यार्थी युनियन अध्यक्ष रीदेन महर्जन व सचिव प्रशान्त डंगोलले विद्यार्थी भर्ना गराउन मार्ग राख्दै ज्यापु समाज यललाई ज्ञापन हस्तातरण गरेका छन् ।
साे ज्ञापन पत्रमा भनिएकाे छ नेपालको ऐन, नियम, कानुनी रुपं आ—आफनो मातृभाषा पढ्न पाउने अधिकार संविधानमा रहेको छ । संविधानमा प्रस्तुत गरिएको भाषिक अधिकार सुनिश्चित गर्न सबैले मातृभाषा शिक्षा लिन नेतृत्वदायी भूमिका खेल्ने पर्नेमा जोड दिदै विश्वभर नेपाललाई स्वतन्त्र मुलुकका रुपमा पहिचान दिलाइ रहेकाले नेपालभाषा संरक्षण सम्बद्धन गर्नुपर्ने उद्देश्यका साथ काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा सम्पूर्ण मातृभाषानुरागी अभियान्ताहरुको प्रयासमा वि.सं. २०७४ सालदेखि नेपालभाषा स्नातक तहमा अध्यापन गराउने कार्यक्रम सफल जनाएको छ ।
मातृभाषा उच्च शिक्षा विना हाम्रो जीवन अपूर्ण भएको अवगत गराउँदै पुनः सम्पूर्ण अभियान्ताहरुको संयुक्त प्रयासबाट नेपालभाषा अध्यापन संस्थागत गर्ने उद्देश्यका साथ वि.सं. २०७८ साल कार्तिक २६ गतेदेखि नेपालभाषा स्नातकोत्तर (एम.ए.) तहमा अध्यापन गराउने एैतिहासिक रुपमा सफल हुनु सबैको निम्ति उपल्बधिपूर्ण भएको जनाउँदै अहिले बि.ए. तहमा रत्न राज्यलक्ष्मी क्याम्पसमा दश जना विद्यार्थी र पद्यम कन्या क्याम्पसमा पाँच जना तथा पाटन क्याम्पसमा दश जना नेपालभाषा विद्यार्थीहरु भन्दा कम भएमा नेपालभाषा कक्षा सञ्चालन नहुने सुचना आएकाे जनाउँदै मातृभाषा नेपालभाषा संरक्षण सम्बद्धन अभियानमा अध्यापन गर्ने विध्यार्थी यही मंसिर १५ गते भित्र भर्ना हुन साे ज्ञापन पत्र मार्फत अपिल गरेका छन् ।
















































