Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ मङ्सिर २०७९ बुधबार, ३० नोभेम्बर २०२२)

Author Avatar साझा न्यूज 30th November 2022 , 9:05 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१४ मङ्सिर २०७९ बुधबार, ३० नोभेम्बर २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष १४ गते तद्अनुसार सन् २०२२ नोभेम्बर ३० तारिख बुधबार मार्गशीर्ष कृष्ण शुक्ल सप्तमी तिथि धनिष्ठा नक्षत्र व्याघात् योग भद्रा करण आनन्दादिमा मित्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३७ मा र सूर्यास्त साँझ १७:६ बजे हुनेछ ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । काममा मनोकुल सफलता मिल्ने देखिन्छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिने छ। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने योग पनि रहेकोले सचेत रहनु हितकर होला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – मिश्रित पलदायक दिन छ । कर्मबल बढ्नेछ भने काममा सफलता पनि मिल्नेछ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्मयोग अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद पर्न सक्छ, सम्यतापूर्वक व्यवहार गरे समस्याको हल निस्कनेछ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन भाग्यवृद्धि र प्रियजनसँग भेटघाट होला । प्रशन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । कुनै समस्या छ भने समाधान प्राप्त हुनेछ । यसका बाबजुद एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । यात्रामा भने सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दौडधुप बढ्नेछ । आजको दिन रसरागमा पनि विशेष आकर्षण रहला । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा चाहिँ आज पढाइलेखाइको स्तर खस्कन सक्छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्ला । तथापि, परोपकार र मङ्गलमय काम सम्पादन गरिएला ।

सिंह – सुख वृद्धि हुने र कार्य दक्षता पनि बढ्ने योग छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका काम बन्नेछन्् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्ला । तथापि, आज पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ, विचार राख्नुहोला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – आरोग्यता बढ्नेछ । पारिवारमा सुख शान्ति रहला । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले प्रगतिमा बाधा पुग्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – आजको दिन मिश्रित फल दिने खालको छ । सहयोगी वा शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्न सक्छ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् तर स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – बढी मिहिनेतले मात्र काम बन्ने दिन छ । सन्तानबाट सुख र दाम्पत्य सम्बन्धमा सुधार होला । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग रहेकोले घरखर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ । तर, साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । सुख सुविधाको वस्तु किन्नुहुनेछ ।

धनु – पराक्रम बढ्नेछ । कार्यक्षमता वृद्धि हुनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्तत: फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ।नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूबाट सचेत रहनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घरजग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

कुम्भ – परिवारिक सुख बढे पनि बुद्धिविवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – काममा सफलता मिल्नेछ । वार्तामा पनि सफलता प्राप्त होला । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज