Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

Author Avatar साझा न्यूज 7th December 2022 , 11:56 AM
लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

अबको राष्ट्रपति कसलाई बनाइएला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । पश्चिमा शक्तिले बाबुराम भट्टराईलाई राष्ट्रपति चयन गर्न दबाब पैदा गर्न थालेको बुझिएको छ, जबकि सत्ता गठबन्धनका कुनै पनि नेताहरू बाबुरामप्रति सकारात्मक छैनन् । त्यसैले राष्ट्रपति चयनमा पश्चिमी इच्छा र योजना पूरा नहुने देखिएको छ । ज्ञातव्य छ, पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम र झलनाथ खनाल मात्र प्रतिनिधिसभामा जान असफल भएका छन् ।

उल्लिखित व्यक्तिहरूको समर्थनमा प्रतिनिधिसभाभित्र एक जना पनि सांसद रहेको विश्वास गरिँदैन । समाजवादीका तर्फबाट विजयी दश सांसदहरू समेत झलनाथको औपचारिकबाहेक अनौपचारिक समर्थनमा नरहेको बुझिन्छ, जबकि झलनाथ खनालले पनि राष्ट्रपति पदमा दाबी गर्न खोजिरहेका छन् । तर खनालका निम्ति बाबुरामलाई झैँ कुनै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रबाट दबाब या सुझाव आएको बुझिँदैन ।

काङ्ग्रेस पार्टी राष्ट्रपतिको उम्मेदवार चयन गर्न स्वतन्त्र भयो भने उसले मानबहादुर विश्वकर्मालाई अघि बढाउने सम्भावना छ । उपराष्ट्रपतिमा माओवादीले अग्नि सापकोटालाई चयन गर्ने बुझिएको छ ।

लोसपाका नेता महन्थ ठाकुर सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिको सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना अधिक रहेको छ । ठाकुरको पार्टी लोसपाका तर्फबाट शरतसिंह भण्डारी मन्त्रिमण्डलमा सहभागी हुने बताइएको छ । प्राप्त जानकारीअनुसार लोसपालाई काङ्ग्रेसमै बिलय गराउने योजना पनि बनेको छ । लोसपानेतृ चन्दा चौधरी निर्वाचनअगाडि नै काङ्ग्रेस प्रवेश गरिसकेकी छन् । उनको काङ्ग्रेस प्रवेशलाई विश्लेषकहरूले त्यतिबेलै अर्थपूर्ण मानेका थिए । ज्ञातव्य छ, लोसपालाई काङ्ग्रेस नश्लको पार्टीका रूपमा हेरिँदै आएको छ । मधेशकेन्द्रीत समूहहरूमध्ये जसपा (उपेन्द्र यादव)लाई वामपन्थी रुझानको अर्थात् कम्युनष्टनिकट मानिन्छ । त्यसैले ढिलो या चाँडो लोसपाको विलय काङ्ग्रेसमा हुने निश्चित मानिएको हो । राष्ट्रिय पार्टी बन्न नसकेकोले पनि लोसपामाथि काङ्ग्रेसमा विलय हुन दबाब बढिरहेको छ ।

मिलेसम्म प्रधानमन्त्री बन्ने र नमिले राष्ट्रपतिमै चित्त बुझाउने मानसिकता रामचन्द्र पौडेलले बनाएका छन् । गठबन्धनका नेताहरूका निम्ति पौडेलले असहजता पैदा गर्न सक्ने देखिएको छ । देउवासँग लेनदेनमा सम्झौता गर्ने मानसिकतामा रहेका पौडेलले राष्ट्रपति र प्रधानमन्त्री बाहेकका जिम्मेवारी ग्रहण गर्ने विश्वास गरिएको छैन । तर पौडेललाई दुवै जिम्मेवारी मिल्ने सम्भावना न्यून देखिन्छ । उनलाई उपप्रधानमन्त्रीको हैसियतमा रक्षामन्त्रालयको जिम्मेवारी सुम्पनु उपयुक्त हुने सुझाव पनि कतिपयले देउवालाई दिइरहेका छन् ।-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज