Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुशासन र बिकासको अनुभुति आम जनतालाई कहिले ?

Author Avatar साझा न्यूज 5th February 2023 , 8:44 AM
सुशासन र बिकासको अनुभुति आम जनतालाई कहिले ?

हुन त ठुला सहर ,राजधानी अथवा दुरदराज गाउँ बस्ती जहाँका पनि गरिब र दुखि बासिन्दाहरुको चाहाना उस्तै हो, एउटै जस्तै हो । त्योचाहना भनेको गुणस्तरीय शिक्षामा समान पहुँच भए हुन्थ्यो, सर्वसुलभ र सस्तो स्वास्थ्य उपचार गर्न पाउने परिस्थिति भए हुन्थ्यो, कम्तीमा पनि खुशी भएर बिहानको खाना, दिउँसोको अर्नी र बेलुकाको खाना खान रुन नपरे हुन्थ्यो, सरकारी कार्यालयहरुमा लेखन्दास् मार्फत , बिचौलिया मार्फत अथवा भनौं दलाल मार्फत पैसा बुझाए पछि मात्रै काम हुने परिपाटीको अन्त्य भए हुन्थ्ययो तथा आत्म सम्मानका साथ जीवन यापन गर्न पाइए हुन्थ्यो भन्नेनै हो ।
जहाँसुकैका हुनेखाने र सक्नेहरुले जहाँसुकै पढुन् पढाउन्, जहाँ सुकै उपचार गरुन् गराउन् त्यसको डाहा देशका कुनै पनि गरिब जनतालाई छैन । पावरको प्रयोग गरेर बिना पैसा काम गराउनेहरु प्रति पनि कसैको कुनै किसिमको गुनासो छैन । उल्लेखित बिषयहरुमा यदि गुनासाहरु हुन्थे भने यो समयमा जनता कि त सडकमा हुनेथिए कि भने जङ्गल तिर । जङ्गलमा किन जान्छन् जनता भन्ने बारेको ज्ञान सरकार प्रमुखलाई जत्तिको अरु कसलाई होला र । जनताका कुराहरु, जनताका चाहनाहरु यिनै र यस्तै यस्तै हुन् जो अतिनै सामान्य छन् ।
निजी बिद्यालयहरु किन महङ्गा छन् भन्ने बारेमा जान्ने गरिब जनताको रुचि हैन । निजी अस्पतालहरु किन महङ्गा छन् भन्ने बारेमा जान्ने पनि रुचि हैन । जनताको रुचि र सरोकार भनेको सरकारी स्कुलहरु किन कन्नम् भए, सरकारी अस्पतालहरु किन कन्नम् भए भन्नेमा हो । किनभने गरिबका छोराछोरी पढ्ने स्कुल राम्रो भए, तिनीहरूले राम्रो शिक्षा पाए भने तिनीहरुले पनि र राज्यको निर्माणमा योगदान पु¥याउन सक्ने थिए ।
स्कुल तथा अस्पतालहरु राम्रो बनाउने, अस्पतालहरु राम्रो बनाउने राज्यको काम हो । देशमा शिक्षा दुईथरिको, अस्पताल दुईथरीको किन बनेका छन् ? यस्तो बिभेदकारी ब्यवस्था बनाउन पाइन्छ र ? पाइन्न नि ! सरकारी अड्डाहरुमा ठुला बडाले, हुनेखानेहरुले काम कसरी लिन्छन् भन्ने कुरामा पनि जनताको कुनै चाँसो छैन । जनताको काम किन सरकारी कर्मचारीले पैसा नखाई गर्दैनन् ? यसमा हो जनताको चासो । पासपोर्ट किन सहजै बन्दैन ? मालपोतमा किन बाहिरको, गैरकर्मचारीले हाकिमकोमा जनताको फाइल बोकेर जान्छ ? अनि लेखन्दासको इसाराबिना किन लालपुर्जामा सहि गर्दैन हाकिमले ? राज्यले तोकेको दस्तुर तिरेर पासपोर्ट पाउनु जनताको अधिकार हो । तर किन दलाललाई पैसा नतिरि पासपोर्ट बन्दैन ? बिना घुस दिएर नै जग्गा पास हुनु र लालपुर्जा पाउनु जनताको अधिकार हो । तर यस्तो किन हुन्छ कि पैसा नतिरीकन कुनै पनि काम हुन्न । जनताको चासो यी बिषयहरुमा हो ।
किसानले खेती गर्छ । धान, तोरी, गहुँ, सागसब्वी, आलु, मास, अरहर, केरा, सुन्तला, केराउ, कुखुरा खसी उत्पादनगर्ने किसानले हो । तर किसानले आफ्नो उत्पादनको लागत मूल्य पनि नपाउने तर उपभोक्ताले भने चर्को मुल्यमा किन्नुपर्ने बाध्यता किन छ ? खाद्यान्नको खरिदबिक्रीमा बिचौलिया हावी किन छ ? दुख गरेर उत्पादन गर्ने किसानले पाउने मुल्य भन्दा किसान संग उधारोमा लिएर बिक्री गरेर तिर्ने बिचौलिया दलालको नाफा किन धेरै हुन्छ ? धेरै त दुख गर्ने किसानले पाउनुपर्ने हो नि । कति प्रतिशत थप गरेर उपभोक्ताले पाउनुपर्ने हो ? हेर्ने र बदल्ने, नयाँ रित बसाल्ने त यी बिषयहरुलाई संबोधन गरेर होला नि ?
मूल्य निर्धारण र नियन्त्रण गर्ने काम राज्यको अर्थात सरकारको होइन ? क्रान्तिकारी भनेर चिनिने, कम्युनिस्ट भनेर चिनिने र यदि बजार कै हो भनेर मान्ने हो भने पनि अनुगमन त सरकारले गर्ने हो । समाजवादमा जानुपर्छ भनेर भन्ने मानिसको हातमा सरकारको नेतृत्व छ । बहुसंख्यक मन्त्रीहरु पनि कम्युनिस्ट हुँ भन्ने दावा गर्छन् र बाटो त समाजवादकै हो पनि भन्छन् । उनीहरुको शासनकालमा यस्तो हुनु अस्वाभाविक मात्रै होइन कि अस्वीकार्य हुनुपर्ने हो ।
हुनेखाने र ठुलाबडाहरुले मात्रै राम्रो शिक्षा पाउने, राम्रो उपचार पाउने ,तिनीहरुको काममात्र सजिलैसंग हुने ? के यो कुरा जायज छ ? न्यायपुर्ण छ ? समानतामा आधारित छ त ? छैन । शिक्षाको स्तरोन्नति गरि राम्रो पठनपाठन गराउने ब्यवस्था मिलाउन केले रोकेको होला ? कतै निजी शैक्षिक संस्थाहरुले नजराना बुझाउने भएर त होइन ? कतै आफ्ना छोराछोरीलाई निशुल्क पढाइदिने भएर त होइन ? अस्पतालमा उपकरणको प्रबन्ध गर्न, चिकित्सकहरुको दरबन्दी पुरागर्न, सस्तोमा ओैषधि उपलब्ध गराउन, जनताको स्वास्थ्य बिमा गरिदिन किन कञ्जुस्याईँ गरेको ? यस्तोगर्न केले रोकिरहेको छ त ? कतै निजी अस्पताल तथा नर्सिङ होमहरुले नजराना, कोसेलीपातको प्रबन्धगर्ने भएर त होइन ?
यो कुरा स्थानीय सरकारलाई पनि हो । अब त आफ्नो मातहतमा छन् नि त स्कुल, अस्पताल , सरकारी अड्डाहरु । तिनले सुशासन किन दिन सकिरहेका छैनन् भनेर हेर्ने, तिनीहरुको काममा पारदर्शिता छ कि छैन भनेर हेर्ने र तिनीहरुलाई जिम्मेवार बनाएर जनताको पक्षमा कामगर्न बाध्य बनाउने काम स्थानीय सरकारको हो । तर के कति कारणले हो स्थानीय सरकारको पनि हातखुट्टा बाँधिएको अवस्था छ ।
अब स्थानीय सरकारले प्रदेश र केन्द्रको ढोका चाहार्ने होइन । सुशासन र बिकासका कामहरु गर्ने कुरामा पहलकदमी लिएर काम गरेर केन्द्र र प्रदेशलाई आफ्नो काम र उपलब्धि हेर्न आउन बाध्य बनाउने हो । यस्तो गर्न गराउन सक्ने हो भने जनताका यस्ता ससाना समस्याहरु धेरै हदसम्म समाधान भएर जाने थिए । राजनीति पनि यस्तै गर्छु भनेर गरेको त हो नि, होइन र ?
र अन्त्यमा,
समय भन्दा चेतना धेरै अघि छ । हामीले जतिसुकै भक्ति र श्रद्धाले चन्द्रमाको पुजा गरे पनि हाम्रा नाति नातिनाले पढ्ने भनेको चन्द्रमा पृथ्वीको अङ्ग हो, सुर्यलाई पृथ्वीले परिक्रमा गर्छ भनेरै हो । अर्थात आजको राजनीति माथि आजकै चेतना (भोलिको चेतनास्तरको त कुरै छोडौं) ले हाम्रा कृयाकर्महरु प्रति निर्मम समीक्षा गर्दा समेत हाम्रो स्थान कहाँ हुनेहो वा हामीलाई त्यो चेतनाले के भन्नेछ भनेर हेक्का नराख्ने हो भने आज जतिसुकै तालि, वाहवाही र समर्थन पाए पनि त्यसको कुनै अर्थ रहने छैन । चन्द्रमा पृथ्वी कै टुक्रा हो भन्नेमै गएर सकिनेछ । यो विचार आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज