Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अन्तिम बिन्दुसम्म एमालेमै बस्ने प्रयास गर्छु : नेता रावल

Author Avatar साझा न्यूज 28th March 2023 , 3:18 PM
अन्तिम बिन्दुसम्म एमालेमै बस्ने प्रयास गर्छु : नेता रावल

धनगढी, चैत १४ गते। सुदूरपश्चिम र कर्णालीमा कार्यकर्ता भेटघाट र भेला गरिरहनु भएका नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले एमाले नछोड्ने सङ्केत गर्नुभएको छ।

धनगढीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले आफूले ५० वर्ष बिताएको पार्टीमा बसिरहनका लागि अन्तिम बिन्दुसम्म प्रयास गरिरहने बताउनुभयो। उहाँले अन्तिम बिन्दु कहिलेसम्म हुन्छ भनेर नसकिने बताउनुभयो।

झण्डै एक महिनादेखि अछाम, सुर्खेत, कैलाली र कञ्चनपुरमा आफ्नै तरिकाले एमाले र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता भेटघाटमा व्यस्त हुनुहुन्छ। उहाँले धनगढीमा पत्रकार सम्मेलन गर्नुहुँदा एमालेका केही नेताले समेत रावलले छोड्ने घोषणा गर्ने अनुमान गरेका थिए। तर सो पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, आफूलाई एमालेमा बस्न नदिने प्रयास भएको खण्डमा मात्रै नयाँ पाइला चाल्ने बताउनुभयो।

अब कस्तो घचेटाइ बाँकी छ र भन्ने अर्को प्रश्नमा उहाँले आफू भैरहवा जेलमा मरेको घोषणा गरिए पनि चार दिनपछि सलाइन पानीले पुनर्जीवन पाएको मान्छे भएको बताउँदै अझै पार्टीमा फेरि बौराएर आफू उठ्ने विश्वास व्यक्त गर्नुभयो।

नेता रावलले भन्नुभयो, ‘‘म अहिलेसम्म नेकपा (एमाले)को सदस्य हुँ। तँ एमालेको सदस्य बन्न पाउँदैनस, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस, पार्टी विधि पद्धतिको कुरा गर्छस्, छाता, हलो, तिरलाई भोट मागिनस भनेर घचेट्या घचेट्यै गरियो भने त्यतिबेला एमालेका इमान्दार कार्यकर्ता, जनतासँग र पत्रकारलाई बोलाएर र नयाँ पाइला चाल्न पनि सक्छु।’’

अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले पार्टीमा टिकट नमागेको, पार्टी अध्यक्षविरुद्ध उम्मेदवारी दिएको जस्ता कुराको खण्डन पनि उहाँले गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘जनताको बहुदलीय जनवादले टिकट माग्नु भनेर सिकाउँदैन, एमालेको विधानमा पनि त्यस्तो छैन। म २०४८ सालदेखि चुनाव लड्दै आएको छु। कहिल्यै पनि कुनै नेतासँग टिकट माग्न गइन, उम्मेदवार बनाउने कुरा पार्टीले मूल्याङ्कन गर्ने कुरा हो।’’

पत्रकार सम्मेलनमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र माधव नेपाललाई भेट्न हुने तर आफूले अरू पार्टीका नेतालाई भेट्न नपाउने भन्ने नहुने बताउनुभयो।

एक अर्को प्रश्नको जवाफमा नेता रावलले भन्नुभयो, ‘‘केपी शर्मा ओली र विष्णुप्रसाद पौडेल स्वयंले कोटेश्वरमा गएर माधव नेपालजीसँग वार्ता गर्नु भएको छ। अरू साथीहरूले पनि गर्नु भएको छ। पार्टी अलग बनाएर गइसक्नु भएका माधव नेपाललाई राष्ट्रपति बनिदिनुस्, पार्टी मिलाऔँ भन्दा पनि मिल्ने प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि मिल्ने अनि मैले यहाँ कोही मान्छेसँग भेटेपछि भीम रावल त समाजवादी भइसक्यो भन्ने ?’’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज