Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्‍त्रीको नाम पेश गर्न कार्यदललाई नेकपा एसको निर्देशन

Author Avatar साझा न्यूज 28th March 2023 , 3:42 PM
मन्‍त्रीको नाम पेश गर्न कार्यदललाई नेकपा एसको निर्देशन

काठमाडौं, चैत १४ गते । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।

मङ्गलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।

कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुङ्गोमा पुग्ने सकिने उहाँको भनाइ थियो ।

प्रवक्ता खतिवडाले भन्नु भयो, ‘‘सरकारका सन्दर्भमा सरकारमा जाने विषयमा हाम्रो कतै विमति रहेको छैन । मन्त्रालयको टुङ्गो नलागीकन मन्त्रीहरूको टुङ्गो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडोभन्दा चाँडो सचिवालयको बैठकमा पेस गर्न तीन सदस्यीय कार्यदललाई आज पनि हामीले निर्देशन दिएका छौँ । कार्यदलले चाँडोभन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामसहित उसले पेस गर्न सक्छ । त्यसमा छलफल हुन्छ । पेस गरेको कुरामा केही सुधार गर्नु परे सुधार पनि होला । अनि, हामी निर्णयमा पुग्नेछौँ ।’’

त्यसैगरी, बैठकले मिटरब्याँज पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको पनि प्रवक्ता खतिवडाले बताउनुभयो ।

‘‘आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको ५५ औँ बैठक सम्पन्न भएको छ । हाम्रा पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटीका सदस्य चूडामणि जंगलीले पार्टीमा विविध कारण देखाई राजीनामा पेस गर्नु भएको थियो । त्यो राजीनामा हाम्रो यो कमिटीले स्वीकार गरेको छ । त्यसलाई स्वीकृत गरेको छ । त्यसपश्चात् हाम्रो पार्टीले यो मिटर ब्याजीहरु अहिले आन्दोलनमा छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘धेरै लामो समय हिँडेर, दुःख गरेको काठमाडौं आई पुगेका छन् । उनीहरू सडकमा छन् । हामी, हाम्रो पार्टी उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दछ । हामी उहाँहरूको मागलाई पूरा गर्न सरकारसँग जोडदार माग पनि गर्दछौँ । हाम्रो पार्टीबाट ऐक्यबद्धता प्रकट गर्दै उहाँहरूको पक्षमा हाम्रो आफ्नो धारणा पनि हामी राख्नेछौँ । र, मिटरब्याज लगाउनेहरूलाई, कानुनी रूपले दोषीहरूलाई कारबाही गर्नका लागि पनि हामीले माग गरेका छौँ ।’’

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरिएको नेकपा एसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज