Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजेट अभावमा अलपत्र आधुनिक बधशाला

Author Avatar साझा न्यूज 29th March 2023 , 10:44 AM
बजेट अभावमा अलपत्र आधुनिक बधशाला

उर्लाबारी, चैत १५ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा निर्माण गरिरहेको आधुनिक बधशाला (पशु काट्ने घर) निर्माण भइसके पनि उपकरणको अभावमा प्रयोगमा आउन सकेको छैन ।

कोशी प्रदेश सरकारको पशुपंक्षी निर्देशनालयको पशु बधस्थल निर्माण सुधार कार्यक्रमअन्तर्गत नगरको १ नम्वर वडामा बधशाला निर्माण गरिएको थियो । पशुबध गर्ने घर निर्माण भएको दुई वर्ष बित्नै लाग्दा प्रयोगमा आउन सकेको छैन ।

नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्र्रसाद खरेलले बधशाला भित्र आवश्यक पर्ने उपकरण खरिद गर्ने बजेट अभाव हुँदा काम रोकिएको बताउनुभयो । पथरी बजारको गोसलाइनमा निर्माण भएको बधशाला निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ अनुदान दिएको थियो । छिमेकी नगरपालिकाको साझेदारीसहित कूल ७५ लाख १४ हजार ४५१ रुपियाँमा लागतमा बधशाला निर्माण गर्ने योजना बनेको थियो । तर निर्माण कम्पनी मादी आरकेडा कन्ट्रक्सन इटहरीले ५० लाख ९३ हजार ५७९ रुपियाँमा बधशाला (घर) निर्माण गरेर नगरलाई जिम्मा लगाइसकेको छ ।

बधस्थलमा दैनिक ठूला पाँच वटा र साना १२ वटासम्म पशुवध गर्न र प्रशोधन गर्न सकिने छ । वडा नं.१ का वडाध्यक्ष भीमकुमार राईले भन्नुभयो, ‘‘बधशालामा भित्र पशुको स्वास्थ्य परीक्षण, बध गरेपछि प्रशोधन, फ्रिजिङ गर्ने लगायतका सुबिधा हुनेछन् ।’’

उहाँले भित्रका प्राविधिक उपकरण जडानका लागि अझै १०/११ रुपियाँ आवश्यक पर्ने बताउनुभयो । स्थानीय मासु व्यापारीहरूसँगको सहकार्यमा भित्रको प्राविधिक काम सक्ने र चाँडै बधशाला प्रयोगमा ल्याउने उहाँको भनाइ छ । तर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले प्रदेशको आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेट नपठाउँदा बधशाला सञ्चालनमा ल्याउन नसकिएको बताउनु भयो ।

खरेलले भन्नुभयोे, ‘‘नगरले निर्णय गरेर आफ्नै खर्चमा पनि उपकरण गर्न सक्छ । स्रोतको अभावका कारण नगरले तत्काल लगानी गर्न सक्ने अवस्था छैन ।’’ प्रदेशको आयोजनामा नगरले बेवास्ता गर्दा दुई वर्ष अघि निर्माण सम्पन्न बधशालाका झ्यालका सिसा फुट्न थालेका छन् भने ग्रील भत्किएको छ छ । त्यस्तै, सटरमा तीनपत्र खिया लागेको छ ।

पथरीबजारमा खुला रुपमा खसी, बोका, सुँगुर/बंगुर, राँगा/भैंसी काट्ने गरिन्छ । मासु व्यवसायीहरूका अनुसार पथरी बजारमा दैनिक सुँगुर, राँगा ३/३ वटा र खसी, बोका ६/७ वटा बध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज