Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिक्षण पेशासँगै फष्टायो मौरीपालन व्यवसाय

Author Avatar साझा न्यूज 4th April 2023 , 4:20 PM
शिक्षण पेशासँगै फष्टायो मौरीपालन व्यवसाय

गुल्मी, चैत २१ गते । शिक्षण पेशासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ।

अर्यालले वि.सं. २०६३ मा एक घार मुढो मौरीसहितको ५५० रुपियाँमा खरिदगरी ल्याएर मौरीपालन व्यवसाय सुरु गर्नुभयो । २०६४ मा तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट मौरीपालन सम्बन्धी सात दिने आधारभूत तालिम लिएलगत्तै मौरीपालन व्यवसायलाई वृहत्तर रुपमा लैजाने सोंच बनाएको उहाँले बताउनुभयो ।

उमेरले ४१ वर्ष पुग्नुभएका अर्यालले मौरीपालन व्यवसायलाई वृहत्तर रुपमा अघि बढाउन सिमिचौर रैयामा भगवती मौरीपालन विकास स्रोत केन्द्र नामक फार्म नै सञ्चालन गर्नुभयो । “मौरीपालनका लागि मौरी विकास शाखा गोदावरीमा २९ दिने आवासीय तालिम लिएपछि दुई वर्षको समयमा एक गोलाबाट मौरीलाई विस्तार गरेर दश गोला पुर्‍याएको हुँ ।”

उहाँले भन्नुभयो, “त्यतिबेला मेरो शिक्षण पेशा मुसिकोटमा थियो । सोंचेजस्तो मौरीको गोला विस्तार हुन सकेन् । वि.सं.२०६९ पश्चात् घरपायक पर्नेगरी सरुवा भएर आइसकेपछि मौरीको गोला विस्तारसँगै मह उत्पादन पनि हुन थाल्यो ।” त्यस समयमा वार्षिक एक क्विन्टल मह उत्पादन भएको थियो ।

वि.सं.२०७० देखि अर्यालले मौरीपालन व्यवसायमा अझ बढी सक्रिय भएर लागेको बताउनुभयो । यता, कृषि क्षेत्रमा सक्रिय हुँदैगर्दा विद्यालयमा अध्यापन कार्यलाई पनि त्यत्तिकै चासो दिएको उहाँले बताउनुभयो । पूर्णरुपमा अहिले स्थानीयस्तरमै गोला तथा मह घरबाट नै विक्री गर्दैआएको उहाँले चर्चा गर्नुभयो ।।

“दुई सिजन (बसन्त र शरद) मा मौरीजन्य उत्पादन बढी हुन्छ । बसन्त ऋतुमा गोला विस्तार एवम् शरद ऋतुमा मह उत्पादन हुन्छ । विगत तीन–चार वर्षदेखि सोंचेजस्तो मह उत्पादन भएको छैन् ।” उहाँले भन्नुभयो, “अहिले पनि  मह उत्पादनमा शुन्य भएको छ । असोज महिनामा धेरै वर्षा भएको थियो । त्यस्तै, यहाँ मैन पुतलीको ठूलो प्रकोप छ ।”

अहिले जम्मा बीस माउँ गोला रहेको छन् । यसलाई फागुन लागेपछि गोला विस्तार गर्ने उहाँले बताउनुभयो । त्यतिमात्र होईन आँप, लिची र कटरको बगैंचा समेत छ । दुई भैंसी, एक बाख्रा र एक माछा पोखरी छ । अर्यालको ७५ वर्षीय बुवा, ७३ वर्षीय आमा, ३९ वर्षीय श्रीमती र तीन छोराछोरी हुनुहुन्छ । उहाँका छोराछोरी तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस र महेन्द्र नमूना माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।

प्रकृतिमा खेर गइरहेको पुष्परसबाट मौरीजन्य उत्पादन मह संकलन गरी आम्दानी लिनका लागि शिक्षण पेशासँगै यो व्यवसायलाई अगाडि बढाएको उहाँले बताउनुभयो । मानिसले प्रकृतिसँग रम्न र सामाजिक बन्न पनि मौरीबाट सिक्ने अवसर मिल्ने उहाँको भनाइ छ । सबै खर्च कटाएर यसबाट वार्षिक तीन–चार लाख आम्दानी हुन्छ ।

आवश्यक परे मौरीपालन सम्बन्धी ज्ञान प्रदान गरिने उहाँले बताउनुभयो । अर्याल रेसुङ्गा नगरपालिका –१० सिमिचौरमा रहेको भगवती माध्यमिक विद्यालयको प्रावि तहको स्थायी शिक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन

भर्खरै प्रकाशित

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज