Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलान्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू

Author Avatar साझा न्यूज 11th April 2023 , 10:21 AM
आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलान्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू

काभ्रेपलाञ्चोक । आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलान्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो।

बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा. वशंवदाम्बा कौण्डिन्यायनीले जानकारी दिइन्। उनका अनुसार सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले कार्यक्रम सुरु गरिएको हो। ‘मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग लाग्नै नदिन अभियान सञ्चालन गर्न लागेका छौँ’, उनले भनिन्।

केन्द्रले बहिरङ्ग सेवाअन्तर्गत नि:शुल्क स्वास्थ्योपचार तथा परामर्श, विभिन्न २३ प्रकारका औषधिको निःशुल्क वितरण, सशुल्क फार्मेसी, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन, मातृशिशु स्वास्थ्य प्रवर्धन, पञ्चकर्मअन्तर्गत पूर्वकर्म सेवा, प्रयोगशाला परीक्षण, आयुर्वेदले निर्देश गरेको जीवनशैलीसम्बन्धी परामर्श, योगअन्तर्गत आसन, प्राणायाम तथा ध्यानलगायतका सेवा प्रदान गर्दै आएको छ । जिल्लामा धुलिखेल, दाप्चा, बालुवा, मंगलटार आयुर्वेद औषधालय तथा खरिबोट, मण्डन नागरिक आरोग्य सेवा केन्द्र, भुम्लु गाउँपालिका र नागरिक आरोग्य सेवा केन्द्र बेथानचोक गाउँपालिकाबाट सेवा प्रदान गर्दै आएको छ।

गत फागुन दोस्रो सातादेखि नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच नि:शुल्क गर्दै आएको छ। उक्त कार्यक्रममा दुई हजार २०० मा नि:शुल्कबाहेक पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, फोक्सो, छातीको एक्सरे, इसिजी र युएसजी जाँच भइरहेको छ।

स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सीमान्तकृत र आश्रित नागरिकलाई प्रदेश सरकारले नि:शुल्क स्वास्थ्य सेवा बिमामार्फत उपलब्ध गराउने भएको हो । कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने छ । यसलाई बिस्तारै वृद्धि गर्दै लैजाने प्रदेश सरकारको योजना छ ।

मन्त्रालयले प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज